२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

६२ बिघा जग्गा भूमाफियाको कब्जामा

६२ बिघा जग्गा भूमाफियाको कब्जामा

६२ बिघा जग्गा भूमाफियाको कब्जामा

६२ बिघा जग्गा भूमाफियाको कब्जामा

६२ बिघा जग्गा भूमाफियाको कब्जामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • नवलपुर
    नवलपुरको कावासोती ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझँै जग्गाधनि लालपूर्जा पाउन सकेका छैनन् । बस्ती बस्दादेखि जोतभोग गर्दै आएका यहाँका ६ सय घर धुरी परिवारको जग्गाको लालपूर्जा भूमाफियाको नाममा रहेको छ । 


    यहाँ रहेका ६ सय घरधुरी बासिन्दाको करिब ६२ विगाहा जग्गाको जग्गाधनी लालपूर्जा भूमाफियाको नाममा रहेको कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले बताए । उनका अनुसार यहाँ कहिलै बसोबास नभएको र आफ्नो जग्गा कहाँ पर्छ र कुन हो भन्ने थाहासम्म नभएका व्यक्तिहरुको नाममा जग्गाधनी लालपूर्जा रहेको छ ।


    कावासोती ४ का लोकबहादुर आले यहाँ बस्दै आएको २० वर्षभन्दा बढी भयो । तर उनको नाममा अझैँ जग्गाधनी लालपूर्जा आफ्नो नाममा पाउन सकेका छैनन् । उनले जग्गाधनि लालपूर्जा झिक्न विभिन्न कानुनी प्रक्रिया गरेर अगाडि बढ्दा अर्कैको नाममा लालपूर्जा भएको थाहा पाएको बताए । उनी लगायत उनी बसेको १५ घरधुुरिका बासिन्दाको जग्गाको जग्गाधनी लालपूर्जा बुटवल घरभई युकेमा बस्दै आएका पर्साबहादुर आलेको नाममा रहेको पाइएको उनले बताए । उनले पटक–पटक आफूहरुले आफ्नो नाममा जग्गाधनी लालपूर्जा प्राप्त गर्नका लागि संघर्ष गर्दा यहाँका नेता तथा सांसदहरुले कुनै चासो नदिएको समेत गुनासो गरे ।


    कावासोती ४ हसौरा निवासी गणेश पोख्रेलले आफूले वर्षौंदेखि जोतभोग गर्दै आएको भए पनि अहिले उनको जग्गा पनि अर्कैको नाममा रहेको छ । उनीलगायत यहाँका १५-२० घरका बासिन्दा बसोबास गर्दै आएको जग्गा यदुनाथ पराजुली (मृतक) को नाममा रहेको उनले बताए । निर्वाचनको बेला नेताहरुले जग्गाधनी लालपूर्जा दिन्छु भनेर सधैं आश्वासन दिने गरेको, तर कुनै सहयोग नगरेको समेत गुनासो गरे ।


    यहाँका बासिन्दा कोही यहाँ बस्ती बस्दादेखि नै खनजोत गर्दै आएका बासिन्दा छन् भने कोही ऐलेनी जग्गा हुँदा खनजोत गर्दै बस्दै आएकासँग जग्गा किनेर बसेका छन् ।


    यहाँको ६२ बिघा जग्गा क्यूप्रसाद बस्याल (प्रगतिनगर), ठाकुर शर्मा (कावासोती), पर्साबहादुर आले (युके), चुनबहादुर तामाङ (नुवाकोट), डिलाराम सापकोटा (चितवन), काशीराम सापकोटा (मृतक), यज्ञमूर्ति पाठक (मृतक) रुपन्देही, तोयानारायण पन्त (गुल्मी), गजाधर सापकोटा (गुल्मी) लगायतको नाममा रहेको छ ।


    उनीहरुले साविक नवलपरासी जिल्ला हुँदा मालपोत कार्यालय परासीका तत्कालिन कर्मचारीहरुसँग मिलेमतो गरी फिल्डमा समेत नआइ जग्गाधनी लालपूर्जा लिएको पाइएको कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले बताए ।


    स्थानीयले जग्गा फिर्ताको कानुनी प्रक्रिया अगाडि बढाइरहेको बेला क्यूप्रसाद बस्याललगायतका भूमाफियाहरुका्े टोलीले सर्वोच्चमा मुद्दा हालेर पीडक पक्षले मुद्दा जितेपछि कानुनी प्रक्रिया अगाडि बढाउने बाटो पनि बन्द भएको वडाध्यक्ष लोहनीले बताए । यो जग्गापछि २०६३ सालमा मालपोत कार्यालय कावासोतीले भूमाफियाको नामको जग्गाधनी लालपूर्जा बदर गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई सर्वोच्चले उल्टाएको थियो ।


    वर्षौंदेखि यहाँ बसोबास गर्दै आएका बासिन्दाले जग्गाधनी लालपूर्जा नपाउने र बाहिर बस्दै आएका व्यक्तिको नाममा जग्गाधनी लालपूर्जा भएपछि यहाँका बासिन्दाको उठिबास नै भएको छ ।
    यता कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले कावासोती नगरपालिकाले जसको जोतभोग छ, उसको नाममा जग्गा ल्याउन पहल थालेको भए पनि सर्वोच्चको फैलासाका कारण काम अगाडि बढाउन नसकिएको बताए ।
    त्यसैगरी तत्कालिन मालपोत कार्यालय कावासोतीका प्रमुख एवम् हालका नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सर्वोच्चका फैसालापछि स्थानीय थप पीडित भएको बताए । उनका अनुसार स्थानीय पीडितले अहिले यही विषयलाई अख्तियारमा मुद्दा हालेको र अख्तियारले स्थानीयको पक्षमा फैसाला गरे मात्र भूमाफियाको हातबाट जग्गा स्थानीयको हातमा दिन सकिने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij