२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्व विशिष्टलाई आजीवन सुविधा आपत्तिजनक

पूर्व विशिष्टलाई आजीवन सुविधा आपत्तिजनक

पूर्व विशिष्टलाई आजीवन सुविधा आपत्तिजनक

पूर्व विशिष्टलाई आजीवन सुविधा आपत्तिजनक

पूर्व विशिष्टलाई आजीवन सुविधा आपत्तिजनक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • पछिल्लो तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण २७ खर्ब बढी पुगेको छ । प्रत्येक नेपाली नागरिकको थाप्लोमा सरकारले करिब ९० हजार ऋणको भारी अनाहकमा बोकाएको छ । मुलुकमा बेरोजगारीको समस्या प्रमुख चुनौती बनेको छ । देशमा रोजगारी नपाएर दैनिक सरदर २ हजार जना नेपाली जीविकोपार्जनका लागि विदेश जान बाध्य छन् । मुलुकमा उठ्ने राजस्वले कर्मचारीलाई तलब खुवाउन ठीक्क छ । वडा सदस्यदेखि राष्ट्रपतिसम्मका ३६ हजार जनप्रतिनिधिलाई विभिन्न शीर्षकमा मासिक तलब सरहको सुविधा दिन विदेशबाट ऋण ल्याउनुपरेको छ ।  कृषि प्रधान भनिने मुलुकमा वर्षेनी अर्बौंको कृषिजन्य वस्तु आयात गर्नुपरेको छ । शिक्षा र स्वास्थ्य पूर्णरुपमा राज्यको दायित्वमा छैनन् । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य महँगो भएकाले गरिब र विपन्न वर्गको पहुँचभन्दा टाढा छ । पैसाकै अभावमा उपचार गर्न  असमर्थ भई हजारौं नेपाली रोग पालेर बस्न विवश छन् । कैयौंले उपचार गर्न नसकेर अकालमै ज्यान गुमाउनु परेको छ । मुलुकमा हजारौंको संख्यामा नागरिकहरु भूमिहीन सुकुम्बासी छन् । उनीहरुलाई सजिलोसँग छाक टार्न पनि गाह्रो छ । मुलुक भ्रष्टाचार हुने देशको सूचीमा विश्वकै अग्रपंक्तिमा छ । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी छैन । मुलुकको आर्थिक अवस्था यस्तो जर्जर र दूरावस्थामा भएको जान्दाजान्दै राज्यलाई वर्षेनी निकै ठूलो आर्थिक भार हुने गरी पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिने गरी सरकारले कानुन बनाउन लागेको कुराले सरकारप्रति जनआक्रोश थप बढाएको छ ।  


    पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडा÷घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने कुरा एक त नेपालको अहिलेको अर्थतन्त्रले धान्न सक्दैन, अर्को कुरा यो आफैँमा सरासर अनुचित र अनैतिक हुन्छ ।

    पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको बताइन्छ । अहिले पनि पूर्वपदाधिकारीले मन्त्रिपरिषद्बाट निर्णय गराएरै सुरक्षा, सवारी, इन्धनसहितका सुविधा लिँदै आएका छन् । यसका अतिरिक्त मन्त्रिपरिषद्बाट पटके निर्णय गराएर उपचार र जीवन निर्वाह भत्तासमेत लिने गरेका छन् । त्यसैलाई संस्थागत गर्ने गरी सरकारले कानुन निर्माण प्रक्रिया अघि बढाएको हो ।


    यो विधेयक पारित भएर कानुन बनेमा मुलुकलाई दीर्घकालसम्म निकै ठूलो आर्थिक भार पर्ने निश्चित छ ।  यद्यपि सत्तारुढ दल कांग्रेस महामन्त्री गगन थापा, नेता शेखर कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलगायतका नेताहरु, पूर्व न्यायाधीशहरु र जनस्तरबाट समेत यो विधेयकको चर्को आलोचना सुरु भइसकेको छ । मुलुकलाई ऋणमा डुबाएर पूर्वपदाधिकारीलाई राज्यको ढुकुटीबाट आजीवन पालनपोषण गर्ने गरी कानुन बनाउनु देश, जनता र संविधानमाथिको घात, बेइमानी र नीतिगत अपराध हुने भन्दै यो विधेयक फिर्ता हुुनुपर्ने पक्षमा छन् । उनीहरुले अहिले दिइरहेको सुविधा समेत ब्यापक कटौती गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले नागरिकलाई ऋण र करको भारी मात्रै बोकाउने, सीमित नेताहरु आजीवन राज्य दोहन गर्ने र गराउनेमै केन्द्रित देखिनु देशका लागि योभन्दा दुर्भाग्य अरू के हुन्छ र ?


    पूर्वपदाधिकारीलाई आजीवन होइन, अहिले दिइँदै आएकामा पनि सुरक्षाबाहेक आर्थिक दायित्व पर्ने सबै सुविधा रोक्नुपर्छ । पूर्वपदाधिकारीलाई सुविधा दिने कानुन निर्माण प्रक्रिया नै रोक्न चौतर्फी दबाब जरुरी छ । एक पटक एउटा जिम्मेवारीमा बसेकै आधारमा सवारीसाधन, सरकारी सुविधामा कर्मचारीसहित सचिवालय, मासिक वेतन, इन्धन, घर भाडा÷घर मर्मत खर्चसहित सुविधा दिइनु सर्वथा गलत र अनुचित हो, राज्यको दोहन हो । यो नागरिकप्रतिको अपमान हो । सरकारको यो कदमले सडकमा जनआक्रोश अझ बढाएर व्यवस्थाप्रति नै खतरा पैदा गर्ने स्थिति निम्तिन सक्छ, यसलाई तुरुन्त रोक्नुपर्छ । बरु २०४६ पछि कुन पदाधिकारीले राज्यको ढुकुटीबाट कति सुविधा लिए भनेर यकिन विवरण सार्वजनिक गर्नुपर्छ । जनताले खुन र पसिना बगाएर तिरेको करमा रजगज हुनु आपत्तिजनक छ । पूर्वपदाधिकारीका लागि सुरक्षाकर्मीबाहेक सबै सुविधा खोस्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij