प्युठान।सरकारले बिरामीसंग चर्को शुल्क लिनु हुँदैन भन्ने आवाज उठिरहेको समयमा नेपालगन्जमा नाम चलेका अस्पतालले बिरामीलाई ठगि गरिरहेको खुलेको छ।निजी स्तरबाट सञ्चालित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बिरामीबाट मनपरी शुल्क लिने गरेको पाईएको हो।
पटक पटक विवादमा आउने लर्ड बुद्ध अस्पताल यस पटक भने लुट धन्दा नै चलाएका छन्।अस्पतालमा उपचारका लागि आउने बिरामीबाट इन्सुरेन्स पेपरमा छाप हानेको मात्र १५ सय शुल्क लिने गरेको छ।फागुन ५ गते ४ बजेतिर बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नं.१ स्थित भुरिगाउँ निवासी कृष्णा पोख्रेल उपचारको लागि भर्ना भए।तिन दिन पछी उपचार सकिएर डिस्चार्ज पेपर अस्पतालले उनको हातमा थमाइदियो।उनी संगै उनका श्रीमान पनि थिए।
अस्पतालबाट बाहिरिने क्रममा उनका श्रीमान ओम प्रसाद पोख्रेलले हिमालयन इन्सुरेन्सको एक प्रति पेपर अस्पतालको प्रशासन फाँटमा दिए।त्यहाँ रहेको कर्मचारीले यस पेपरमा छाप हानेको १५ सय शुल्क लिने गरेको बताए।पोख्रेल आश्चर्यचकित परे। ‘जबकी ३ दिन सम्म सोहि अस्पतालमा भर्ना भएपछि किन शुल्क लिने।’उनले भने, ‘अस्पतालले इन्सुरेन्स पेपरमा छाप हानेको १५ सय लिएको पोखरेलले बताए।’ दिनहुँ सयौंको संख्यामा भिड हुने नेपालगंजको लर्ड बुद्ध अस्पतालले कति लुट धन्दा गरेको रहेछ भन्ने मेरो प्रमाण हेरे पुग्ने समेत पोख्रेलको भनाई छ।यस अस्पतालमा ठगिने कृष्ण पोख्रेल एक प्रतिनिधि घटना मात्र हुन्।
सोही अस्पतालका प्रशासन प्रमुख रहेका कुमार आचार्यले भने सामान्य शुल्क १ सय मात्र लिने हो १५ सय धेरै भयो मैले बुझेर सम्पर्क गर्छु भन्दै फोन स्विच अफ गरि सम्पर्कमा आउन चाहेनन्।
स्वास्थ क्षेत्रको प्रभावकारी अनुगमन नहुँदा अधिकांश अस्पताल यस्तो गतिविधिमा संलग्न रहेको देखिन्छ।




