तिलोत्तमा । तिलोत्तमाको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को आसन्न चौथो अधिवेशन अन्तर्गत निर्वाचन समिति गठन भएको छ । केन्द्रका सल्लाहकार मोहन चापागाईको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएको हो । निर्वाचन समितिमा शरद वली,प्रकाश कुमार नेपाल,राजु राना र गंगाकुमारी छन्त्याल रहेका केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले जानकारी दिए । निर्वाचन समितिलाई चैत महिनाभित्रै अधिवेशन सम्पन्न गर्न अख्तियारी दिने निर्णय भएको छ । आइतबार सल्लाहकार , अनुगमन तथा सुपरिवेक्षण समिति समेतको उपस्थितिमा बसेको केन्द्रका संयुक्त वैठकले चैत अन्तिम हप्ता नयां नेतृत्व चयन गर्ने गरी निर्वाचन समितिलाई दिइएको जिम्मेवारीलाई अनुमोदन गरेको छ । वैठकमा केन्द्रका अध्यक्ष शर्माले निर्धारित समयम विवादरहित ढंगले अधिवेशन सम्पन्न गर्न आग्रह गरे । वैठकमा शंकरनगर सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत,केन्द्रका सल्लाहकार केशवराज न्यौपाने, अनुगमन समितिका संयोजक टेकबहादुर थापा,सल्लाहकार प्रदीप वन,टिआर शर्मा,उपाध्यक्ष खिमलाल पाण्डे,कोषाध्यक्ष मनिराम भट्टराई लगायतले आफ्ना भनाई राखेका थिए ।
केन्द्रमा ७७६ जना मतदाता रहेका छन् ।




