दशरथ घिमिरे /दाङ ।लमही नगरपालिका-७ हस्नापुर स्थित राप्ती नदिकाे बाढीमा फसेका मध्य दुई जनाकाे सकुशल उद्दार गरिएको छ भने एक जना वेपत्ता भएका छन ।
राजपुर गाउँपालिका-२ का किसान दुध विक्रि गर्न लमही आएकाे र फर्किने क्रममा राप्ती नदिकाे बाढीमा फसेका थिए । तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएकाे, दुई जना सिमलकाे रुखमा चढेर सुरक्षित बसेका थिए ।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेकाे प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।
राजपुर-२ निवासी ४८ बर्षिय तुलाराम यादव र ४० बर्षिय दयाराम यादवकाे उद्दार गरिएको छ । उनिहरु संगै साथमा रहेका १८ बर्षिय राजकुमार यादवलाई बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।




