२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पाली ढाकाको प्रवद्र्धन

पाल्पाली ढाकाको प्रवद्र्धन

पाल्पाली ढाकाको प्रवद्र्धन

पाल्पाली ढाकाको प्रवद्र्धन

पाल्पाली ढाकाको प्रवद्र्धन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • पाल्पा ढाका कपडाको उत्पादनले चिनिएको छ । पाल्पाली ढाका उपभोक्ताको रोजाइमा पर्दै आएको छ । पाल्पाली ढाका कपडाको बजारीकरण गरी लाभ जति लिनुपर्ने हो, त्यो हुन नसक्दा पाल्पाली ढाका उद्योगहरु फष्टाउन सकेका छैनन् ।


    पाल्पाली ढाका उद्योगले अपेक्षित लाभ लिन नसक्नुको कारण बजारीकरणमा सरकारी निकायले सघाउ नगर्दा हो । स्थानीय सरकारले पाल्पाली ढाका कपडाको बजारीकरण र प्रचारप्रसारको लागि काम गर्ने घोषणा गरे पनि कुनै कार्यक्रम अघि सारेको छैन । पाल्पालाई चिनाउने मात्र नभई स्थानीय उद्यमशिलताको विकास र रोजगारी श्रृजनाको लागि पाल्पाली ढाकाले महत्वपूर्ण योगदान गरेको छ । विसं. २०१५ सालदेखि पाल्पामा ढाका कपडा उत्पादन हुँदै आएको छ । त्यसपछि विभिन्न आरोह अवरोह पार गर्दै आएको ढाका उद्योगहरु मजदुरको अभावमा बन्द हुने अवस्थामा पुगेका थिए । उद्योगमा मजदुरको समस्या भएपछि प्रदेश सरकारले उद्योगमा आवश्यक मजदुर पूर्ति गर्नका लागि तीन महिने ढाका बुनाइ तालिम आयोजना ग¥यो । तालिम अवधिभर खान र बस्नका लागि आवश्यक खर्च पूर्तिका लागि श्रमिकको न्यूनतम तलब पनि दिएर तालिम आयोजना गरेकाले तालिम गरिब र सिमान्तकृत समुदायलाई निकै  उपयोगी भयो । त्यही तालिमले मृत्युशैयामा पुगेको ढाका उद्योगले पुनर्जीवन पायो । अहिले ढाका उद्योग तङ्ग्रिने अवस्थामा छन् ।


    अब खाँचो छ, तहगत सरकारले ब्राण्डिङका लागि आवश्यक कार्यक्रम । ढाका उद्योगीसँग मिलेर प्रदेश सरकारले तालिम आयोजना गरेर दक्ष मजदुर उत्पादन गर्न सहयोग ग¥यो । अब बजारीकरणको लागि सहयोग गर्न आवश्यक छ ।  तानसेन नगरपालिकाको १५औं नगरसभामा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले २०८१-०८२ को नीति तथा कार्यक्रममा बजारीकरणको लागि कार्यक्रम अघि बढाउने घोषणा भए पनि कार्यान्वयन नहुनु राम्रो होइन ।

    पाल्पाली ढाकाको विकास, विस्तार र प्रचार प्रसार गर्न तानसेन नगरपालिका र मातहतका कार्यालयहरुमा कार्यरत जनप्रतिनिधि, कर्मचारीहरुका लागि प्रत्येक शुक्रबार पाल्पाली ढाकाबाट निर्मित पोसाक र ढाकाटोपी लगाउने नीति लिइए पनि कार्यान्वयन भएन । नगरपालिका र मातहतका कार्यालयमा प्रयोग गरिने रूमाल, पर्दाहरु ढाकाको राख्न अनिवार्य गरी स्थानीय ढाकाको प्रवद्र्धन गर्न व्यवस्था मिलाइने भनिए पनि नीतिमै सीमित हुनु स्थानीय सरकारको कच्चा काम हो । नीतिअनुसार कार्यक्रम र बजेट व्यवस्थापन हुनुपर्छ । नीति घोषणा हुने, तर कार्यक्रम कार्यान्वयन नहुने प्रवृत्तिले निर्वाचित जनप्रतिनिधिप्रति जनताको विश्वास र भरोसा टुट्छ ।


    तानसेन नगरपालिकाले घोषणा भएको नीतिलाई कार्यान्वयन गर्न पहलकदमी लिनुपर्छ । ढाका पाल्पाको पहिचान भएकाले पनि ढाको प्रवद्र्धन गर्दा पाल्पाको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij