२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रात्रिकालीन व्यवसाय

रात्रिकालीन व्यवसाय

रात्रिकालीन व्यवसाय

रात्रिकालीन व्यवसाय

रात्रिकालीन व्यवसाय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ५ २०८१
बुधवार, चैत्र ५ २०८१
  • रूपन्देहीका प्रमुख शहर बुटवल र भैरहवासहितका क्षेत्रमा रात्रिकालीन व्यवसाय चलाउन भइरहेको पहल सकारात्मक ढंगले अघि बढेको  छ । रूपन्देही पर्यटकीय हव हो । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको रूपन्देही मुुलुकको अर्थतन्त्रको मेरूदण्ड हो । बुटवल तराई र पहाड तथा पूर्व—पश्चिम जोड्ने ट्राञ्जिट पनि हो । यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन पनि रात्रिकालीन व्यवसाय सञ्चालन अनिवार्य छ ।


    तिलोत्तमा, सैनामैना, बुटवल र सिद्धार्थनगरका प्रमुखसहित  होटल तथा रेष्टुरेण्ट व्यवसायीले रात्रिकालीन बजार सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मापदण्ड पूरा भएको भए रात्रिकालीन बजार सञ्चालन गर्न सकिने धारणा राखेका छन् । अहिले राति १० बजेपछि होटल तथा रेष्टुरेण्ट बन्द गर्न बाध्य छन्, व्यवसायी । बन्द नगरे प्रहरीले बन्द गराइदिने र अटेर गरे व्यवसायीलाई पक्राउसम्म गर्दै आएकाले व्यवसायीले रात्रिकालीन बजार सुनिश्चिताको खोजी गरेका हुन् । उनीहरुले स्थानीय तहको पनि साथ लिएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएर प्रक्रियागत ढंगले अघि बढेका छन् । रात्रिकालीन बजार चलाउन व्यवसायीलाई प्रहरी र प्रशासनको मात्रै नभएर स्थानीय तहको पनि साथ आवश्यक हुन्छ । व्यवसायी, प्रहरी–प्रशासन र स्थानीय तहको संयोजनले चल्ने बजारलाई उपभोक्ताको पनि सकारात्मक सहयोग हुनुपर्छ । रात्रिकालीन बजारले यहाँको बजार चलायमान हुने भएकाले यहाँको अर्थतन्त्र सुधार हुन सघाउ पु¥याउने छ । आर्थिक मन्दीको मारमा अहिले बजार सुस्त छ । व्यवसायीहरुले धमाधम पसल बन्द गर्दै पलायन हुने जोखिम बढिरहेका बेला रात्रिकालीन व्यवसाय चलाउन सक्दा आन्तरिक र बाहय पर्यटक यहाँ आकर्षित गर्न सकिन्छ । बुटवल र भैरहवाको होटल रेष्टुरेण्टमा पछिल्ला वर्ष सीमावर्ती भारतीय शहरका नागरिकको आगमन बढेको छ । रात्रिकालीन बजार चल्न सके अझंै आगमन बढ्ने निश्चित छ ।


    रात्रिकालीन व्यवसाय सुरु गर्दा कुनै निश्चित ठाउँलाई नमूनाको रूपमा अघि बढाउन सकिन्छ । एकैपल्ट ठूलो क्षेत्रमा रात्रिकालीन बजार चलाउँदा समस्या हुनसक्छ । निश्चित ठाउँमा चलाएर व्यवस्थापन गर्ने क्रममा प्राप्त अनुभवका आधारमा विस्तार गर्दै जान सकिन्छ । बुटवल र भैरहवाको निश्चित क्षेत्रमा सुरु गरेर क्षेत्र विस्तार गर्दै अघि बढ्दा सुरक्षा व्यवस्थापनमा सहज हुनसक्छ । बजार सुरु गर्दा मापदण्ड पालना गर्ने प्रतिबद्धता गर्ने, तर चलाइसकेपछि मापदण्डको पालना नगर्ने प्रवृत्ति पनि व्यवसायीमा देखिन्छ । त्यस्तो प्रवृत्तिले स्वंय व्यवसायीलाई राम्रो गर्दैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij