२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वित्तिय अवसरको प्राप्तिका एम्स कलेजमार्फत बिद्यार्थी उत्प्रेरित

वित्तिय अवसरको प्राप्तिका एम्स कलेजमार्फत बिद्यार्थी उत्प्रेरित

वित्तिय अवसरको प्राप्तिका एम्स कलेजमार्फत बिद्यार्थी उत्प्रेरित

वित्तिय अवसरको प्राप्तिका एम्स कलेजमार्फत बिद्यार्थी उत्प्रेरित

वित्तिय अवसरको प्राप्तिका एम्स कलेजमार्फत बिद्यार्थी उत्प्रेरित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ५ २०८१
बुधवार, चैत्र ५ २०८१
  • बुटवल ।  एम्स कलेज बुटवलले आफ्नाबिद्यार्थीहरुलाई वित्तिय क्षेत्रका अवसरहरुको पहिचाहन र प्राप्तिका लागि ग्लाेबल मनि विक २०२५ को अवसरमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कलेजले स्नातक तह बाणिज्य शंकायमा अध्ययनरत विद्द्यार्थिहरुलाई नेपाल राष्ट्र बैंक, शिद्दार्थनगर भ्रमण गराई बैंकका कार्य गतिविधिहरुका बारेमा प्रशिक्षित गराईएको छ ।  

    सो अवसरमा नेपाल राष्ट्र बैंक, भैरहवाका प्रमुख रमेश आचार्यले राष्ट्र बैंकका गतिविधि, वित्तिय कारोबार, सफा नोट, बचत, लगानी लगायत  वित्तिय क्षेत्रका चुनौतिहरु जस्ता विषयमा सहभागी विद्द्याथिहरुलाई अभिमुखीकरण गर्नुको साथै उनीहरुका  जिज्ञासाहरुलाई  समाधान गरेका थिए ।

    त्यसगरी दोश्रो दिन भएको कार्यक्रममा नेपाल विमा प्राधिकरण, लुम्बिनी प्रदेशका पुर्व प्रदेश प्रमुख पुर्ण बहादुर थापा, नव नियुक्त प्रदेश प्रमुख जानुका अर्याल एवं सहायक निर्देशक निर्मल खनालले विमा कम्पनीका भूमिका, कम्पनिबाट प्राप्त हुने सेवा एवं लाभ, यस क्षेत्रका अवसर र चुनौतीका बहुआयामिक विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

    त्यसैगरी युवा विद्द्याथिहरुलाई  विमाको क्षेत्रमा प्रवेशगरि वृत्ति विकाश गर्न उत्प्रेरित गरे । कार्यक्रमा स्कलर्स होम बोर्डिङ्ग स्कुलका प्रिन्सिपल बाबुराम बन्जाडेले विद्द्याथिहरुलाई यस्ता कार्यक्रमहरुबाट धेरै कुरा सिक्न सकिने हुनाले सक्रियरुपमा सहभागी हुन उत्साहित भएकाे बताए । 

    कार्यकमको संयोजन गर्दै कलेज प्रमुख दीपक ढकालले आगामी दिनमा राष्ट्र बैंक र बिमा प्राधिकरण संग सहकार्य गर्दै वित्तिय सचितना, सफा नोट सचेतना लगायत बचत  र लगानी गर्ने वानीको विकाश, समाजमा विमाको सचेतना फैलाउने जास्ता सामाजीक कार्यहरु बिद्यार्थीहरुलाई सहभागी गराई गर्ने योजनामा रहेको जानकारी गराए ।  यस्ता कार्यले उनीहरुमा सामाजिक उत्तरदायित्व महसुस हुनुको साथै पेशागत जीवनमा परिपक्वता आउने उनकाे भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij