२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्पा र मसाज सेन्टरमा निगरानी गर

स्पा र मसाज सेन्टरमा निगरानी गर

स्पा र मसाज सेन्टरमा निगरानी गर

स्पा र मसाज सेन्टरमा निगरानी गर

स्पा र मसाज सेन्टरमा निगरानी गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१
  • बुटवल र भैरहवामा अहिले स्पा तथा मसाज सेन्टरहरू खुलिरहेका छन् । काठमाडौंमा स्पा र मसाज सेण्टर खुलेको धेरै वर्ष भयो । ती स्पा र मसाज सेन्टरहरूमा गैरकानुनी काम भएको भन्दै बेलाबखत अनुगमन हुँदै आएको छ । यहाँका स्पा र मसाज सेन्टरमा पनि अनुगमनको आवश्यकता छ ।


    स्पा र मसाज सेन्टर सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्छ । सञ्चालनका लागि मापदण्डको पालना आवश्यक पर्छ । तर यहाँका अधिकांश स्पा र मसाज सेन्टरमा दक्ष जनशक्ति छैनन् नै, मापदण्डको पालना गराउन नियामक निकायले चासो दिन आवश्यक छ । बुटवल र भैरहवामा पर्यटकीय गतिविधि बढेका छन् । यहाँ घुम्न आउने स्वेदशी र विदेशी नागरिकका लागि स्पा र मसाज सेन्टर आकर्षणको केन्द्र बनेका छन् । भैरहवाको बसपार्क आसपासमा धेरै स्पा र मसाज सेन्टर खुलेको देखिन्छ ।

    बुटवलको कालिकापथमा पनि स्पा सेन्टरको संख्या बढिरहेको छ । कतिपय नियामक निकायमा दर्ता भएर खुलेका छन् भने कतिपय दर्ता नभई खुलेका छन् । स्पा सेन्टर दर्ता भएको नभएको र कार्यरत कर्मचारी दक्ष भए नभएको हेर्ने काम स्थानीय तहले गर्न सक्छन् । महिला कर्मचारीलाई यौनजन्य गतिविधिमा संलग्न गराइएको काठमाडौंमा फेला परेको र केही व्यक्ति कानुनी कारबाहीमा  पनि परेकोले बुटवल–भैरहवाका स्पा सेन्टरहरूमा पनि के त्यस्तै गतिविधि भएका छन् ? यस्तो प्रश्न उठ्नु स्वाभाविक छ । अरू व्यापार व्यवसाय चौपट भएको भन्दै पलायन भइरहेका बेला स्पा र मसाज सेन्टरको संख्या बढ्नुले प्रश्न उठ्नु स्वाभाविक छ । सिद्धार्थनगरभित्र सञ्चालनमा आएका आठ स्पा सेन्टर नगरपालिकामा दर्ता भएका छन्, तर नगरमा ५० भन्दा बढी स्पा सेन्टर रहेको अनुमान छ । 


    स्पा सेन्टरलाई मर्यादित ढंगले चलाउनुपर्छ, चल्न दिनुपर्छ । स्पा र मसाज सेन्टर भन्ने, तर त्यहाँ किशोरीहरूलाई यौनजन्य गतिविधिमा लाग्न दबाब दिइएको छ भने त्यस्तो गतिविधिलाई रोक्न प्रहरी अनुसन्धान र निगरानीको खाँचो छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij