२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईई आजदेखि

एसईई आजदेखि

लुम्बिनी प्रदेशबाट  ९५ हजार परीक्षार्थी सहभागी हुँदैछन् भने मधेश प्रदेशमा मुख्यमन्त्रीले वहिस्कारको घोषणा गरेकाले विवाद निम्तिएको छ ।

एसईई आजदेखि

एसईई आजदेखि

लुम्बिनी प्रदेशबाट  ९५ हजार परीक्षार्थी सहभागी हुँदैछन् भने मधेश प्रदेशमा मुख्यमन्त्रीले वहिस्कारको घोषणा गरेकाले विवाद निम्तिएको छ ।

एसईई आजदेखि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१
  • बुटवल
    आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । परीक्षा  बिहान ८ बजेबाट सुरु हुँदैछ । यस वर्ष लुम्बिनी प्रदेशबाट ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिने छन् ।


    शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी सबै पुरा भएको छ । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ,’ उनले भने–‘अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’ 


    यस वर्ष रुपन्देही मा सबैभन्दा धेरै २२ हजार ९ सय ७५ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार दुई सय ५४,  कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँके मा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्यूठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।


    परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुदैछन् । केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगि १ हजार ९ सय २ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ । 
    मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्


    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गरेका छन् । उनले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरे । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
    मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गरेका छन् ।  साथै, परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण तथा व्यवस्थित वातावरण कायम गर्न प्रशासन र सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ ।


    मधेशमा विवाद
    राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण तयारी पूरा गरिसक्दा मधेस प्रदेशमा भने एसईई परीक्षा विवादित बन्ने देखिन्छ ।
    मधेसका मुख्यमन्त्री सतिश सिंहले मंगलबार पत्रकार सम्मेलन गरी एसईई परीक्षा प्रक्रियालाई ‘वहिष्कार’ गर्ने घोषणा गरिसकेका छन् । उनको यस्तो घोषणापछि के अब परीक्षा सञ्चालनमा असर पर्छ ? भन्ने जिज्ञासा धेरैको छ । तर, परीक्षा प्रक्रियामा सामेल नहुने मुख्यमन्त्रीको घोषणाले असर नपर्ने उनीहरूको दाबी छ ।


    मधेश प्रदेशका आठ जिल्लामा ३१२ परीक्षा केन्द्र र सोही संख्यामा केन्द्राध्यक्ष तोकिएको छ । यस्तै ४५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक र एक हजार ६६६ कार्यालय सहयोगी खटाइनेछ । यस प्रदेशबाट ८८ हजार ८५८ परीक्षार्थी एसईई परीक्षामा सामेल हुँदैछन् । सबैभन्दा बढी धनुषाबाट १३ हजार ६५४ र सबैभन्दा कम सप्तरीबाट ८ हजार ७१५ परीक्षार्थी एसईईमा सहभागी हुने शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।


    एसईईलाई मर्यादित बनाउने पक्षमा आफू लागेको मुख्यमन्त्रीको दाबी छ । उनले केही दिनअघि परीक्षा समन्वय समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूको भेला डाकेका थिए । त्यहाँ उनले यस वर्ष गोलाप्रथाबाट केन्द्राध्यक्ष तोक्न निर्देशन दिए ।


    परीक्षा केन्द्रमा मोबाइल पूर्णतः निषेध गर्ने, फेला परे जफत गरी नष्ट गर्ने निर्देशन पनि दिएका थिए । साथै परीक्षा मर्यादित गर्ने केन्द्राध्यक्षलाई पुरस्कृत गर्ने र अमर्यादित बनाउने केन्द्राध्यक्षलाई दण्डित गर्ने घोषणा पनि गरे ।


    सम्बन्धित विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने विगतको परिपाटीले आर्थिक चलखेल र परीक्षा अमर्यादित हुने मुख्यमन्त्रीको भनाइ थियो । भेलामा उपस्थित सीडीओ (जिल्ला परीक्षा समन्वय समितिका संयोजक) हरूले पनि मुख्यमन्त्रीको निर्देशनअनुसार काम गर्ने वाचा गरे । तर, आठै जिल्लाका सीडीओहरूले राष्ट्रिय परीक्षा बोर्डको निर्देशिकाको प्रावधानलाई नै टेकेर केन्द्राध्यक्ष नियुक्त गरेपछि मुख्यमन्त्री असन्तुष्ट बनेका हुन् ।


    परीक्षा केन्द्र तोकिएको विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने बोर्डको निर्देशिकामा उल्लेख छ ।
    बोर्डको निर्देशिका बमोजिम केन्द्राध्यक्ष नियुक्त गर्न लागेको सुइँको पाएपछि मुख्यमन्त्री सिंहले आइतबार राति विज्ञप्ति जारी गरे । उनले एसईई परीक्षा मर्यादित बनाउन आफूले दिएको निर्देशन विपरीत केन्द्राध्यक्ष नियुक्त गरिए परीक्षा प्रक्रियाबाट अलग्गिने चेतावनी दिएका थिए ।


    अन्ततः मुख्यमन्त्री सिंहले एसईई परीक्षा प्रक्रियामा मधेस सरकार सामेल नहुने घोषणा गरे । संघ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानबिन गर्नुपर्ने उनको माग छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij