२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध

साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न भारतसँग ऊर्जा मन्त्रालयको अनुरोध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१
  • काठमाडौं । नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो ।

     


    हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेको छ । भारतबाट हाल दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ। जसका कारण उद्योगहरू प्रभावित भएका छन् ।

    ऊर्जामन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुक्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए ।

     


    ‘घरायसी उपभोक्तासँगै औद्योगिक क्षेत्रलाई पनि सहज बनाउने प्रयास स्वरूप भारतलाई अनुरोध गरिएको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘सकारात्मक संकेत देखिएकाले निकट भविष्यमा समस्या केही हल हुने विश्वास ।’

    परराष्ट्रमन्त्री डा। आरजु राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरिसकेको र भारतीय दूतावासले समेत नेपाललाई आवश्यक सहयोग गर्न भारत सरकारसँग समन्वय गरिरहेको जनाइएको छ ।

    ऊर्जा मन्त्रालयका अनुसार नेपालको अधिकांश जलविद्युत् परियोजना ‘रन अफ द रिभर’ भएकाले सुक्खायाममा उत्पादन घटेर १ हजार मेगावाटमा सीमित हुन्छ । यस्तो अवस्थामा भारतबाट बिजुली आपूर्ति आवश्यक पर्ने भएका कारणा सरकारले दीर्घकालीन रूपमा ठूला जलविद्युत् परियोजनालाई प्राथमिकता दिने नीति लिएको छ ।

    नेपाल विद्युत प्राधिकरणले भारतीय एक्स्चेन्ज मार्केटबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रक्रिया अघि बढाइरहेको छ । सुक्खायामका बेला भारतीय बजारबाट ‘सोलार आवर’ मा मात्र बिजुली आयात गर्न सकिने हुँदा उद्योगहरूलाई लोडसेडिङको चुनौती थपिएको छ ।

    भारतले साँझको समयमा २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरे नेपालका उद्योगहरूलाई ठूलो राहत पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij