२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुलिसको लगातार सातौँ जित, कर्णालीसँग स्तब्ध लुम्बिनी

पुलिसको लगातार सातौँ जित, कर्णालीसँग स्तब्ध लुम्बिनी

पुलिसको लगातार सातौँ जित, कर्णालीसँग स्तब्ध लुम्बिनी

पुलिसको लगातार सातौँ जित, कर्णालीसँग स्तब्ध लुम्बिनी

पुलिसको लगातार सातौँ जित, कर्णालीसँग स्तब्ध लुम्बिनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेश टिमले आआफ्ना खेल जितेका छन् । एक्सट्राटेक ओभल मैदानमा पुलिसले लगातार सातौँ जित हात पार्ने क्रममा बागमती प्रदेशलाई ९३ रनले हराएको हो ।

    यो जितसँगै पुलिसको फाइनल सम्भावना उच्च भएको छ । पहिला ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेललको ८८ रनको मद्दतमा जारी संस्करणको उच्च स्कोर ८ विकेटमा २९७ रन बनाएको थियो । जवाफमा बागमती ४५.२ ओभरमा २०४ रन बनाउँदा अलआउट भयो । ६ मध्ये ४ खेलमा पराजित भएको बागमतीको फाइनल सम्भावना समाप्त भएको छ । पुलिसको जितमा भुर्तेलले अलराउन्ड प्रदर्शन गरे ।

    ब्याटिङबाट ८८ रन बनाएका उनले बलिङमा पनि ३ विकेट लिए । यस्तै ललित राजवंशीले ४ विकेट लिए भने करण केसीको नाममा दुई विकेट रह्यो । कप्तान दीपेन्द्रसिंह ऐरीले ४६ बलमा ६० रन प्रहार गरेपछि पुलिसले विशाल योगफल तयार पारेको थियो । जवाफमा बागमतीका ओपनर इशान पाण्डेले ७० रन बनाए पनि उनलाई अरु ब्याटरले साथ नदिँदा टिमले जित हात पार्न सकेन् । बागमतीका लागि शुभ कंसाकारले ३६ रनको योगदान दिएका थिए ।

    यस्तै सिद्धार्थनगरमा बिहीबारै भएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ । पहिला ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदा २०५ रन बनाएको थियो । जवाफमा लुम्बिनी ४९.४ ओभरमा २०० रन बनाउँदा अलआउट भयो । कर्णालीका लागि दीपेन्द्र राउतले ६६ तथा अर्जुन घर्तीले ५६ रन बनाएपछि उसको फाइटिङ स्कोर बनेको थियो ।

    लम्बिनीका लागि रमेश कुर्मीले तीन विकेट लिएका थिए भने निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले दुई दुई विकेट लिएका थिए । सामान्य लक्ष्य पछ्याए पनि जित हात पार्न नसकेको लुम्बिनीका लागि प्र्रज्वल थापाले ८४ र कप्तान देव खनालले ४० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । जितपछि कर्णालीले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ भने हारपछि लुम्बिनीले अंकतालिकामा आर्मीसँग बराबरी गर्ने अवसर गुमाएको छ ।

    प्रतियोगिता अब केही खेलहरू मात्र बाँकी रहँदा सात खेलमा सबै जितका साथ १४ अंक रहेको पुलिस शीर्ष स्थानामा छ भने ६ मध्ये पाँच खेलमा जित हात पारेको आर्मी १० अंकका साथ दोस्रो स्थानमा छ । यस्तै सातमध्ये ४ खेल जितेको लुम्बिनी तेस्रो, पाँचमध्ये तीन खेल जितेको एपीएफसी चौथो, ६ मध्ये तीन खेल जितेको कर्णाली पाँचौ, पाँचमध्ये दुई खेल जितेको मधेश छैटौँ स्थानमा रहँदा त्यसपछि सुदूरपश्चिम, बागमती, कोशी र गण्डकी प्रदेश रहेको छ । हरेक टिमले नौ नौ खेल खेल्नेछन् । शीर्ष दुई टिमबीच फाइनल हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij