२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • बुटवल ।  नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज बेलुका सवा ६ बजे शुरू हुनेछ ।

    नेपाल पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको छ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । नेपाली टोली किरण चेम्जोङको कप्तानीमा छ । नेपालले ३६ वर्षपछि सिंगापुरसँग फुटबल खेल खेल्न लागेको हो ।

    यसअघि पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिंगापुरबीच खेल भएको थियो । नेपाल र सिंगापुरले अहिलेसम्म चार पटक खेल्दा तीन खेलमा नेपाल पराजित भएको थियो भने एक खेल बराबरी भएको थियो ।

    सिंगापुरसँगको खेलमा नेपालले अहिलेसम्म गोल फर्काउन सकेको छैन । फिफा वरियतामा नेपालभन्दा सिंगापुर १५ स्थान माथि छ । सिंगापुर १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

    एएफसी एशियन कप छनोटअन्तर्गत मलेसियासँग समूह चरणको पहिलो खेल खेल्नुअघि नेपालले तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ देखि शुरू हुँदैछ ।

    एशियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एशियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् ।होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एशियन कपमा छनोट हुनेछन् । एशियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij