२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा गोल्डकप तयारी पुरा

तिलोत्तमा गोल्डकप तयारी पुरा

तिलोत्तमा गोल्डकप तयारी पुरा

तिलोत्तमा गोल्डकप तयारी पुरा

तिलोत्तमा गोल्डकप तयारी पुरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • बुटवल। शनिबारदेखी रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । प्राविधिक पक्षमा धेरै काम भएको उनले बताए ।

    मैदानमा माटो पट्याउने, सम्याउने र निरन्तर पानी राखेर हरियो बनाउने काम ३ महिनादेखि थालेको उनले बताए । चारैतिर तारजाली गर्ने, रंगरोगनमात्र नभई यसपटक मुल गेट नजिक न्यु होराईजन माबिको सहयोगमा नमुना शौचालन निमार्ण गरिएको उनले बताए ।

    बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औ संस्करण नेपालमा एन्फाको मान्यता प्राप्त खप्तड, बिराट, आहारारा र तिलोत्तमा चार मुख्य गोल्डकप भएको उनले बताए । 

    यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको उनले बताए । ‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।’–उनले भने ।

    यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । ब्यस्त स्याडुलका कारण यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब भने प्रतियोगितामा सहभागी नहुने उनले बताए । 

    यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । 

    चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij