२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा अव एक  महिना सम्ममा व्लड बैक संचालन हुने

पाल्पामा अव एक  महिना सम्ममा व्लड बैक संचालन हुने

पाल्पामा अव एक  महिना सम्ममा व्लड बैक संचालन हुने

पाल्पामा अव एक  महिना सम्ममा व्लड बैक संचालन हुने

पाल्पामा अव एक  महिना सम्ममा व्लड बैक संचालन हुने
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • पाल्पा । नेपाल रेडक्रस सोसाइटी शाखा पाल्पाको ४७ औ बार्षिक साधारणसभा तानसेनमा सम्पन्न भएको छ ।

    साधारण सभालाई सम्वोधन गर्दै प्रमुख जिल्लाअधिकारी तोयनारायण सुवेदीले रेडक्रस पाल्पाले मानवहितमा गरेका कामहरुको चर्चा गर्दै लामो सघर्ष र मिहिनेत पछी व्लड बैक संचालनको अन्तिम तयारी भईररहेको खुसी व्यक्त गरे । आपत–विपतमा रेडक्रस प्रयावाची शव्द नै भएकोले रेडक्रस लाई सबैपक्षबाट आबश्यकता अनुसार सहयोग गर्नुपर्नेमा प्रजिअ सुवेदीले जोड दिए ।

    पाल्पामा ३ वटा ठुला अस्पतालहरु रहेकोले दिनहु व्लडको आवश्यकतालाई परिपुर्ती गर्नको लागी रेडक्रस पाल्पाको नयाँ नेतृत्व सक्रियभएर लागेकोमा प्रजिअ सुवेदीले धन्यवाद दिदै अभियान पुरा नहुदा सम्म सक्रिय भएर काममा खटिन समेत कार्य समितीलाई अनुरोध गरे ।


    साधारण सभामा शाखाका मन्त्री केशवराज नेपालले बार्षिक प्रतिवेदन पेश गर्दै पाल्पामा २०२७ सालमा रेडक्रसको स्थापना भएदेखी नै मानव सेवाकाकामहरु गर्दै आएको बताए । रेडक्रस मन्त्री नेपालले रेडक्रस पाल्पाले व्लड बैक संचालनको लागीआर्थिक सहयोग जुटाउन यशस्कर सदस्य, विशिष्ट सदस्यता वितरण खुला गर्दै आएको र सदस्यको लागी रु १ लाख, विशिष्ट सदस्यको लागी रु २५ हजार शुल्कमातोकिएको बताए । सदस्यपाउने व्यबस्था रेडक्रस पाल्पाले गरेको छ ।

    पाल्पा शाखा अन्तरगत १९ वटा उपशाखा, ५ जनायशस्कर सदस्य, ७६ जना विशिष्ट सदस्य, १४९० जनाआजिवन सदस्य, १८३ जना साधारण सदस्य, जुनियर तथायुवा रेडक्रस सर्कल गरी ८३ वटा, जुरेस, युरेस सदस्य संख्या ३६२९ जना रहेको शाखाकामन्त्री केशवराज नेपालले बार्षिक प्रतिवेदन प्रस्तुतगर्दै जानकारी गराए । शाखामन्त्री नेपालले रेडक्रस पाल्पाले गर्ने भावी कार्यक्रमबारे जानकारी गराएका थिए । 

    कार्यक्रममा कोषाध्यक्ष सन्तोष खनालले आर्थिक बर्ष ०८१/०८२ को १ करोड ६८ लाख ६० हजारको आय व्यय, आगामि आर्थिक बर्षको अनुमानित आयव्यय ८२ लाख ७८ हजार ४ सय रुपैया प्रस्तुत गरे । कार्यक्रममा रेडक्रस पाल्पाका सभापती बाबुराम कार्कीले म सञ्चालन गर्छु मेरो व्लड बैक अभियानलाई पुरा गर्न सिङ्खो कार्यसमिती सक्रियभएर लागेको बताए ।

    व्लड बैक संचालनको लागी अझैपनि प्रयाप्त रकम संकलन हुनन सकेकोले सबैलाई सहयोग गर्न सभापती कार्कीले अनुरोध गरे । साधारणसभाको अवशरमा स्वयम्सेवक सन्जीत थापा र गणपती मा.वियूवा रेडक्रस सर्कल तथा  साधारणसभा मै विशिष्ट सदस्यबनी सहयोग गरेका भेषराजतिमिल्सेना, मिन प्रसाद बञ्जाडे, हरि प्रुादपोखरेल, हरि बहादुर कुवँर र एक प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।  

    साधारणसभामा :  निवर्तमान् सभापति बुद्धि प्रसाद शर्मा, बिशिष्ट अतिथी, मेघराज पौडेल शर्मा , रैनादेवी छहरा उपशाखाका सभापति काशीराम पौडेल र  मणिमुकुन्द उपशाखा  सभापति शकुन्तला बज्राचार्य नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सिनाले रेडक्रस पाल्पा गरेका सेवातथाकार्यहरुको बारेमाचर्चा गरेकाथिए ।

    शाखा सभापती बाबुराम कार्कीको अध्यक्षतामा उपाध्यक्ष भिमसेन कार्की तथा संचालक जिल्ला शाखा अधिकृत  बिनोद भारतीले गरेका थिए । व्लड बैक संचालनको लागी आवश्यक सरसमान खरिदको लागी तानसेन नगरपालिकाबाट टेण्डर भईसकेको छ, अव एक महिना सम्ममा रेडक्रस भवनमा संचालनहुनेछ भने लायन्स धर्मशालानजिकै व्लड बैकको लागी भवन निर्माणको काम शुरु भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij