२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सात महिनामा दुई खर्ब २१ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता

सात महिनामा दुई खर्ब २१ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता

सात महिनामा दुई खर्ब २१ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता

सात महिनामा दुई खर्ब २१ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता

सात महिनामा दुई खर्ब २१ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्म वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएर दुई खर्ब २१ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश २५.५ प्रतिशत छ । ऋणको अंश ७४.५ प्रतिशत छ ।

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिना (२०८० साउनदेखि माघ मसान्तसम्म)को अवधिमा नेपालले मात्र ८९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

    “कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी ऊर्जा क्षेत्रमा २५.५ प्रतिशत प्राप्त भएको छ । सबैभन्दा कम सुशासन क्षेत्रमा ०.२ प्रतिशत रकम प्राप्त भएको छ,” अर्थ मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

    अर्थ मन्त्रालयका अनुसार, प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये २५.५ प्रतिशत ऊर्जा, २१.६ प्रतिशत वातावरण र जलवायु, १२.९ प्रतिशत सिँचाइ, ११.५ प्रतिशत पानी, ९.१ प्रतिशत विपद् व्यवस्थापन, ६.१ प्रतिशत यातायात, ४.३ प्रतिशत कृषि र बाँकी अन्य क्षेत्रमा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij