२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अटाे व्यवसायी महासंघकाे नयाँ नेतृत्वमा रुपन्देहीबाट पदाधिकारी सहित ६ जना

अटाे व्यवसायी महासंघकाे नयाँ नेतृत्वमा रुपन्देहीबाट पदाधिकारी सहित ६ जना

अटाे व्यवसायी महासंघकाे नयाँ नेतृत्वमा रुपन्देहीबाट पदाधिकारी सहित ६ जना

अटाे व्यवसायी महासंघकाे नयाँ नेतृत्वमा रुपन्देहीबाट पदाधिकारी सहित ६ जना

अटाे व्यवसायी महासंघकाे  नयाँ नेतृत्वमा  रुपन्देहीबाट पदाधिकारी सहित ६ जना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १० २०८१
सोमवार, चैत्र १० २०८१
  • बुटवल । अटो मेकानिक्स व्यवसायी महासंघको १५ औं साधारण सभा तथा छैठौं महाधिवेशनबाट रुपन्देहीले नेतृत्व नपाएपनि कार्यसमितिमा गर्बिलाे उपस्थिति जनाएकाे छ । तीन पदाधिकारी र ३ सदस्य गरि छ जना कार्यसमितिमा रुपन्देहीबाट निर्वाचित भएका हुन् । चितवनका गोपाल भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नव निर्वाचित अध्यक्ष भट्टराई चितवनका पुराना अटो व्यवसायी हुन् ।

    महासंघको बरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, उपाध्यक्षमा ज्योति भण्डारी, टिकादत्त अधिकारी, ज्ञान बहादुर फौदार क्षेत्री, मातृका सापकोटा रहेका छन् ।यसैगरी, महासचिवमा इन्द्र त्रिपाठी, कोषाध्यक्षमा बाबुराम आचार्य र सचिवमा तुल्सीराम न्यौपाने रहेकाे निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सालिकराम बन्जाडेले जानकारी दिए ।

    सदस्यहरूमा पुजा गैरे, मिनराज भुसाल, बाबुलाल पाण्डे, रत्नराम बन्जारा, दिलीप पाठक, सन्तोष कुमार मिश्र, सानुमान जलारी, अमृत सिंह वाइवा, रामबहादुर लोहोनी र रबिन रेग्मी रहेका छन्। उपाध्यक्ष भण्डारी, कोषाध्यक्ष आचार्य, सचिव न्यौपाने र सदस्यहरु पाण्डे, गैरे र भुसाल रुपन्देहीका व्यवसायी हुन् ।

    अधिवेशनमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सालिकराम बन्जाडे, सदस्य दामोदर खनाल र यम प्रसाद भुसालको टिमले निर्वाचन कार्य सम्पन्न गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए ।

    नवनिर्वाचित अध्यक्ष भट्टराईले अहिले बनेको कार्यसमिति समावेशी भएको बताउँदै संस्थाको उद्देश्य र साथीहरूको भावना अनुसार विगतका राम्रा कामलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताए । चितवनमा अटो ल्याण्ड निर्माणमा जोड दिने बताउँदै उनले आफ्नो ३ वर्षको कार्यकालमा इतिहास कोर्ने प्रतिबद्धता जनाए ।अटो क्षेत्रमा सम्भावना रहेको जानकारी दिँदै नव निर्वाचित अध्यक्ष भट्टराईले संस्थालाई साथीहरूको साथ सहयोगमा नयाँ ढंगले अगाडि बढाउने कुरामा जोड दिए ।

    साधारण सभा तथा अधिवेशनको चितवन अटो मेकानिकल व्यवसायी संघका संस्थापक अध्यक्ष झलक बहादुर श्रेष्ठले उद्घाटन गर्दै अटो क्षेत्रको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । उनले अटो ल्याण्ड निर्माणमा जोड दिनुपर्ने बताउँदै अटो व्यवसायीले सर्वसुलभ, गुणस्तरीय सेवा र सुविधा दिन आवश्यक रहने सुझाव दिए । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij