२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लखनउमाथि दिल्लीको रोमाञ्चक एक विकेटको जित

लखनउमाथि दिल्लीको रोमाञ्चक एक विकेटको जित

लखनउमाथि दिल्लीको रोमाञ्चक एक विकेटको जित

लखनउमाथि दिल्लीको रोमाञ्चक एक विकेटको जित

लखनउमाथि दिल्लीको रोमाञ्चक एक विकेटको जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ११ २०८१
मंगलवार, चैत्र ११ २०८१
  • बुटवल । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको छ ।

    गएराती विशाखापट्टनममा सम्पन्न खेलमा २१० रनको लक्ष्य पछ्याउँदै दिल्लीले खराब सुरुवात गरेपनि अन्तत: खेल भने जितेको छ । ज्याक फ्रेजर म्याकगर्क, अभिषेक पोरेल र समीर रिजवी आउट भएपछि दिल्ली संकटमा परेको थियो ।

    सुरुवाती ओभरमा तीन विकेट गुमाएको दिल्ली क्यापिटल्सलाई राम्रो साझेदारीको आवश्यकता थियो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले चौथो विकेटका लागि फाफ डुप्लेसिससँग ४३ रनको साझेदारी गरे । कप्तान पटेलले २२ र डुप्लेसिसले २९ रन बनाएर आउट भएका थिए । त्यसपछि, ट्रिस्टन स्टब्स र आशुतोष शर्माले जिम्मेवारी सम्हाले । दुवैले दिल्लीको जितमा महत्वपूर्ण भूमिका निभाए । स्टब्स २२ बलमा ३४ रन बनाएर आउट भए भने आशुतोष ६६ रनमा अविजित रहे । उनी अन्त्यसम्म खेल्दै दिल्लीको जित सुनिश्चित गरेका थिए । उनीहरू बाहेक दिल्लीका लागि विप्रज निगमले ३९, मिचेल स्टार्कले दुई, कुलदीप यादवले पाँच र मोहित शर्माले एक रन बनाए । 

    त्यस्तै लखनउका लागि शार्दुल, सिद्धार्थ, दिग्वेश र बिश्नोईले दुई-दुई विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गर्दै लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाको थियो । लखनउका लागि निकोलस पुरनले ७५ र मिचेल मार्शले ७२ रन बनाए । त्यस्तै डेभिड मिलरले २७ रन बनाए। आईपीएल मेगा लिलामीमा अहिलेसम्मकै सर्वाधिक २७ करोडमा लखनउ पुगेका ऋषभ पन्त ६ बल खेलेपछि शून्य रनमा आउट भए।

    त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij