बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७०औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुकाबिचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बिचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीले जनाएको छ ।
यही चैत १६ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिताअन्तरगत १६ गते मिडिया कप तथा १७ र १८ गते शाइन रेसुंगा कर्पोरेट कप आयोजना हुने सचिव सी.पी. खनालले जानकारी दिए ।
प्रतियोगिताले सञ्चारसंस्थाहरु र पत्रकारहरुकाबिचमा आपसी सम्बन्ध विस्तार गर्न मदत पु¥याउने र व्यवसायिक तथा पेशागत संघसंस्थाहरूबिच आपसी भाइचारा, सहकार्य, र स्वस्थ प्रतिस्पर्धा प्रवर्धन गर्ने कार्यवाहक अध्यक्ष विश्वास ढकालले बताए । प्रतियोगिताबाट बचत भएको रकम महासंघको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कार कोषमा जम्मा गरिनेछ ।
मिडिया कपका बिजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपबिजेताले ७ हजार ७ सय ७७ र कर्पोरेटतर्फ बिजेताले २५ हजार र उपबिजेताले १५ हजार पाउने संयोजक सुमन श्रेष्ठले बताए ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रवद्र्धकमा तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका रहेका छन् ।




