२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कुलमान बर्खास्तीले गर्माएको राजनीति

कुलमान बर्खास्तीले गर्माएको राजनीति

कुलमान बर्खास्तीले गर्माएको राजनीति

कुलमान बर्खास्तीले गर्माएको राजनीति

कुलमान बर्खास्तीले गर्माएको राजनीति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१
  • चार महिना कार्यकाल मात्र बाँकी छंदा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई सरकारले नियुक्त गरेपछि समाज दुई ध्रुवमा विभाजित भएको छ भने नेपाली राजनीति एकाएक गर्माएको छ । कार्यकाल सकिएर घर जान लागेका कर्मचारीलाई हटाउनतिर सरकार लाग्न नहुने आवाज कांग्रेसभित्र उठिरहेकै थियो । कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक रुपमै यो धारणा राखेका थिए । तर सरकारले सत्ता साझेदार दलका पदाधिकारीको आग्रहलाई बेवास्ता गर्दै कुलमानलाई हटाएरै छाड्यो । यो निर्णयमा स्वयं सत्तारूढ दल नेपाली कांग्रेसकै पदाधिकारी  र नेताहरुले विमति सार्वजनिक गरेका छन् । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतले कुलमानलाई बर्खास्त गरेकामा असहमति जनाएका छन् । 


    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मै पनि कुलमानलाई हटाउने निर्णयमा असहमति जनाएको चर्चा छ ।  कांग्रेसबाटै ऊर्जामन्त्री रहेका दीपक खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जोडबलमा घिसिङलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको बताइन्छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली पनि कूलमान हटाउने पक्षमा विगतदेखि नै थिए । 


    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारको निर्णयप्रति तत्कालै आपत्ति नै जनाएर वक्तव्य दिएका छन् । जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा सरकारले कुलमान घिसिङलाई आफ्नै पालामा नियुक्त गरेको स्मरण गर्दै प्रचण्डले उनको विज्ञता र क्षमता अनि नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको आम जनतामा स्थापित भएको उल्लेख गरेका छन् । प्रतिपक्षमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समेत लामो समयपछि फेसबुकमा लाइभ आउँदै सांकेतिक विरोध जनाएका छन् । सुरुमा बिजुली बत्ती भएको ठाउँमा आएका लामिछानेले त्यो निभाएर सलाई कोर्दै मैनबत्ती बाल्दै  केही नबोली क्याप्सनमा कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् भन्दै सांकेतिकरुपमा सरकारलाई चेतावनी दिएका छन् ।  


    प्रतिपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुलमानलाई हटाएर सरकारले असाध्यै गलत निर्णय गरेको बताएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्नुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीन दिलकै मिलेमतो हुन सक्ने आशंका गरेका छन् । राउतले मुलुकका लोकप्रिय मानिसलाई एकपछि अर्काे गर्दै थान्को लगाइएको उल्लेख गर्दै यो तीन दलकै षड्यन्त्र त होइन भनी शंका गरेका हुन् । संवेदनशील भएर जानुपर्नेमा देशमा लोकप्रिय रहेका सबैमाथि एक÷एक गरी हमला गर्दै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले नै राजा ल्याउने गरी माहोल बनाउँदै षड्यन्त्र गरेका हुन् कि ? भन्ने राउतको आशंका छ ।  जनस्तरमा समेत सरकारको यो निर्णयको पक्षमा अति कम र विपक्षमा विरोधमा अत्यधिक जनमत देखिन्छ । सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ । 


    यता कुलमानले सरकारको निर्णयविरुद्ध अदालत जाने बताएका छन् । प्रतिपक्षी दलहरूले यसलाई मुख्य मुद्दा बनाएर संसदमा कुरा उठाउने भनेका छन् । प्रमुख सत्तारूढ दलभित्रै विवादित बनेको विषयमा सरकारले लिएको यस निर्णयले राजनीति अझैँ गर्माउने देखिएको छ ।  सरकारले आफू मातहतका कर्मचारीलाई सरुवा, बढुवा वा अक्षम्य गल्ती गरे बर्खास्त गर्न सक्छ । यसमा दुई मत छैन, तर कुलमानमाथिको कारबाही स्वभाविक, न्यायोचित र सही नभएको स्वयं सत्तारुढ दल, अधिकांश विपक्षी दल र आम नागरिकबाट धारणा आउनुले सरकारले बेमौसमको निर्णय गरेको पुष्टी हुन्छ । कुलमानले राज्यलाई हानी नोक्सानी गरेको तथ्य प्रमाण भए अरु कानुनी उपचार खोज्न सकिन्थ्यो र उनी ४ महिनापछि पदमुक्त भएपछि पनि कारबाही प्रकृयामा जान सकिन्थ्यो । तर सरकारले सत्तारुढ दल र जनभावनाको विपरीत कुलमानलाई हटाएर अनाहकमा द्वन्द्व निम्त्याएको छ ।   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij