गुल्मी । पानीमा डुबेर हुने मानविय क्षतिका दृष्टिले कालिगण्डकी नदि बग्ने पाल्पा जिल्ला खण्ड ‘डेन्जर जोन’ बन्दै आए पनि सरोकारवालाको ध्यान जान सकेको छैन ।
कालिगण्डकी नदि संगै तिनाउ खोलाको ड्याम लगायतका स्थानमा पनि मानिसहरु बगेर मृत्यु भएको समाचार जिल्ला प्रहरी कार्यालयबाट प्रायः हप्तै पिच्छे आउने गरेको छ । बिशेष गरी बढि मात्रमा गर्मीयामा नुहाउने , पौडी खोल्ने क्रममा बगेर बेपत्ता र मृत्यु हुने गरेको पाईएको छ ।
पछिल्लो तीन बर्षमा मात्रै कालिगण्डकी नदिको पाल्पा खण्डमा ७० जना भन्दा बढि मानिस डुबेर मृत्यु भएको तथ्याङक जिल्ला प्रहरी कार्यालय पाल्पाबाट हामीलाई प्राप्त भएको छ ।
त्यस कार्यालयका प्रबक्ता डिएसपी सुनिल मल्लले पठाएको विवरण अनुसार आर्थिक बर्ष २०७८÷०७९ देखि २०८१ माघ मशान्त सम्म १० जना भारतिय नागरिक सहित ७३ जनाको तिनाउ र कालिगण्डकी नदिमा डुबेर मृत्यु भएको छ ।
जसमध्ये मृत्यु हुने नेपालीहरुमा ३२ जना पुरुष र ८ जना भारतिय नागरिक छन । ७ जना नेपाली महिला र एक जना भारतिय महिला छन । मृत्यु हुने नेपाली पुरुष मध्ये १७ जना बालक छन । मृत्यु हुने भारतिय पुरुष मध्ये एक जना बालक छन ।
डुबेर मृत्यु हुने नेपाली महिलाहरु मध्ये ५ जना बालिका छन । आर्थिक बर्ष २०७८ /०७९ मा ५ जना बालक सहित १७ जना पुरुषको कालिगण्डकी नदिमा डुबेर ज्यान गएको थियो ।
२०७९/०८० मा ३ बालिका , ८ जना बालक , ३ जना महिला र १० जना पुरुष सहित २४ जना नेपाली र २ जना भारतिय पुरुष गरी कुल २६ जनाको डुबेर मृत्यु भएको थियो ।
२०८० / ०८१ मा ७ जना पुरुष , ४ जना महिला , २ जना बालिक र १ बाािलका सहित १४ जना नेपाली र ३ , पुरुष १ महिला , एक बालक सहित ५ जना भारितय गरी कुल २९ जनाको ज्यान गएको थियो ।
यस आर्थिक बर्ष २०८१/०८२ को साउन देखि माघ मशान्त सम्म ५ जना पुरुष , २ जना बालक , एक बालिका सहित ८ जना नेपाली र ३ जना भारतिय पुरुष गरी कुल ११ जनाको डुबेर ज्यान गएको छ ।
गत माघ मशान्त यता पनि हप्तामा प्रायः एक दुई जनाको कालिगण्डकी नदिमा डुबेर मृत्यु भएको समाचार विवरण जिल्ला प्रहरी कार्यालय पाल्पाबाट हामीलाई प्राप्त हुने गरेको छ ।
कालिगण्डकी नदिमा डुबेर मृत्यु हुनेको विवरणमा अधिकांस नुहाउने क्रममा डुबेर मृत्यु हुने गरेको पाईएको छ । तिनाउ नदिको ड्यामा मृत्यु भएको घटनामा अधिकांस सेल्फी खिच्ने क्रममा मृत्यु भएको विवरण आउने गरेको छ । बगेर मृत्यु हुने मध्येमा कालिगण्डकी कोरिडोर सडक निर्माणका कामदार पनि रहेका छन ।
केहि दिन अघि रातको करिव २ बजेको समयमा अण्डरवेर मात्रै लगाएर कालिगण्डकी कोरिडोर निर्माण कम्पनीको क्याम्पबाट बाहिर निस्केको बताईने एक जना कामदारको शब कालिगण्डकी नदिमा फेला परेको थियो । यो पनि प्रहरीमा पक्कै पनि छानविनको बिषय बनेको हुनु पर्छ ।
मुस्ताङ , म्याग्दी, बाग्लुङ, गुल्मी, पर्वत, स्याङ्गजा , पाल्पा र पुर्वी नवलपरासीको काँख हुँदै बग्ने कालिगण्डकी नदि स्थल मध्ये पाल्पा खण्डमा अन्य जिल्लाको तुलनामा मृत्यु हुनेको संख्या अत्यन्तै बढि छ ।




