२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास

पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास

पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास

पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास

पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • तराईको उखरमाउलो गर्मी छल्न अर्घाखाँचीको नरपानीमा पुग्नेको घुँइचो छ । सुपादेउराली मन्दिरमा पूजाआजा गरी नरपानीको चिसोमा रमाउनेको घुँइचोले यहाँको पर्यटन प्रवद्र्धनमा बल पुगेको छ । तराईमा गर्मी हुँदा यहाँ चिसो हुने र जाडोयाममा शितलहर चल्दा पारिलो घाम लाग्ने मात्रै नभइ यहाँबाट सुन्दर हिमश्रृखंला देख्न पाउँदा यहाँ आउनेहरु रमाइलो महशुस गर्दछन् । पछिल्ला केही वर्षयता भारतीय पर्यटकको आगमनले नरपानी आकर्षक पर्यटकीय गन्तव्य भएको छ ।


    यो एउटा उदाहरण हो । नरपानीमा झैँ यहाँका धेरै पहाडी डाँडामा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । पाल्पाको श्रीनगर, नुवाकोट, बसन्तपुर, दाङको घोरबन्दालगायत डाँडालाई ‘हिलस्टेशन’को रुपमा विश्रामस्थल बनाउन सकिन्छ । त्यसका लागि राजनैतिक नेतृत्वको इच्छाशक्ति, योजना र कार्यक्रम आवश्यक पर्छ । प्राकृतिक दृष्टिले वैभवयुक्त यी स्थलमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिन ढिलाइ भइरहेको छ । पर्यटकका लागि पहिलो प्राथमिकता हो, सडक पूर्वाधार । सडक यातायात सहज र भरपर्दो हुने बित्तिकै सीमावर्ती भारतीय क्षेत्रका बासिन्दा हाम्रा हिल स्टेशनमा विश्राम गर्न आउनेहरु ह्वात्तै बढ्न सक्छन् ।

    हिल स्टेशनमा पर्यटकीय पूर्वाधार बन्न ढिलाइ भइरहेको छ । नुवाकोट र श्रीनगरमा लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक डबली निर्माण गरेको भए पनि ती डबली सञ्चालन गर्न ध्यान दिइएको छैन । ती डबली निर्माण गर्नुको उद्देश्य हो, हिल स्टेशनमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्नु । तर ती डबली सञ्चालन नहुँदा माल पाएर चाल नपाएजस्तो  भएको छ । पाल्पाको बसन्तपुर र नुवाकोटमा निजी क्षेत्रको लगानीमा केबुलकार सञ्चालनमा आएको छ । बसन्तपुरमा कामाख्यादेवीको मन्दिर बनाएर सांस्कृतिक पर्यटक आकर्षित गर्ने योजना बनाइएको छ । नुवाकोटमा पहिलेदेखि रहेको भैरव मन्दिरलाई नयाँ बनाएर सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । प्राकृतिक वैभव एकातिर छँदैछ, अर्कोतिर सांस्कृतिक स्थलको विकासले पनि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ ।


    नेपालमा पर्यटनको प्रचुर संभावना छ, तर त्यो संभावनाको पहिचान गरी योजना र कार्यक्रम बनाउने, ती योजना कार्यान्वयनका लागि बजेट विनियोजन गर्ने भिजनरी नेतृत्वको खाँचो छ । पर्यटनबाट मुलुकको समृद्धि संभव छ, तर बजेट कनिका छरेझैँ छर्ने तर पूर्वाधार निर्माणमा बजेट खर्च नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै अघि बढ्नुको विकल्प छैन । अहिले बजेट बनाउने बेला छ, लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलका पालामा अघि बढाइएका पर्यटन प्रवद्र्धनका दुरगामी महत्वका योजनामा बजेट विनियोजन गर्दा विकासको नतिजा पाउन सकिन्छ । प्रतिफल र नतिजामुखी आयोजनामा बजेट खर्च गर्न ध्यान दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij