२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गौमुखीमा शिक्षकको बदमासी ८ अंक ल्याउने बिद्यार्थी पास

गौमुखीमा शिक्षकको बदमासी ८ अंक ल्याउने बिद्यार्थी पास

केही समय अगावै सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बिद्यालयहरुमा प्रशिक्षण समेत दिंदै हिडेका थिए।

गौमुखीमा शिक्षकको बदमासी ८ अंक ल्याउने बिद्यार्थी पास

गौमुखीमा शिक्षकको बदमासी ८ अंक ल्याउने बिद्यार्थी पास

केही समय अगावै सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बिद्यालयहरुमा प्रशिक्षण समेत दिंदै हिडेका थिए।

गौमुखीमा शिक्षकको बदमासी ८ अंक ल्याउने बिद्यार्थी पास
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • प्युठान।गौमुखी पालिकाको वडा नम्बर ५ मा रहेको जनसहयोगी माद्यमिक बिद्यालयमा ८ अंक लिएका बिद्यार्थी पास भएका छन्।जाँचकले प्रदान गरेको प्राप्ताङ्कको “लेजर” हेर्दा र जनसहयोगी माविका प्र.अ.ले आफूखुसी इन्ट्री गर्दा उक्त बिद्यार्थीलाई पास गराएको हो। 

    सोमबार गौमुखी गाउँपालिकाको कक्षा ८ र ५ को अन्तिम नतिजा परीक्षा समितिले सार्वजनिक गर्यो।पालिकाले प्रकाशन गरेको पालिका स्तरीय परीक्षामा कक्षा ५ का ४५. ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण भए भने कक्षा ८ मा ३०.३ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।जनसहयोगी माद्यमिक विद्यालयबाट परिक्षामा सहभागी भएका १७ जनामध्येको १५ जनालाई उत्तीर्ण गराइएको छ।

    सो तथ्याङ्क हेर्दा पालिकाले नै १५ नम्बरसम्म आएकालाई पास गराउने भन्ने निर्णय गरेपछि थप ३ जना बिद्यार्थी पास भएका छन्।यसरी पालिकाले उद्दार गरेको ३ जनासहित ११ पुग्न जान्छ।उसो त ५० अंकको पुर्णाङ्कमा पास हुन १८ नम्बर लिन अनिवार्य छ।जुन कुरा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डको स्पष्ट मापदण्ड हो।


    तर यता गौमुखीमा भने ४ जना विद्यार्थीलाई निज विद्यालयका प्रधानाध्यापक एवं परीक्षा समितिको सदस्य अमृत बहादुर केसीले सिंगो पालिका र परीक्षा समितिलाई झुठो विवरण दिएर आफ्नो स्कुलका ४ जना विद्यार्थीलाई पास गराएका छन्।ति बिद्यार्थीहरुको रोल नम्बर १००३ र संकेत नम्बर २४, प्राप्ताङ्क ११, त्यस्तै रोल नं. ९९० र संकेत २५, न्युनतम प्राप्ताङ्क ८, ९९८ रोल नं. र संकेत २७ रोल प्राप्ताङ्क ११ छ भने १८७ रोल नम्बर र संकेत २८ रहेको विद्यार्थीको  प्रप्ताङ्क १२ नम्बर मात्रै रहेको छ।

    केही समय अगावै सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बिद्यालयहरुमा प्रशिक्षण दिएका थिए।    
    गाउँपालिकाले कम्तिमा पनि १५ नम्बर नल्याउनेलाई पुनः परिक्षाको  मौका दिनेगरी परीक्षा मापदण्ड निर्धारण गरेपनि उल्लेखित ४ जना मध्यको न्युनतम ८ अंक सहित ३ वटा विषय लागेका विद्यार्थीलाई पालिकाको नतिजा प्रविष्ट गर्दा अमृतबहादुरले मानोमानी ढंगले पास गराएको देखिन्छ।

    यसरी एउटा विद्यालयको शिक्षकले बदमासी गरेर सिंगो पालिका, सम्बन्धित विद्यालय र समग्र शैक्षिक क्षेत्रमै कालो धब्बा पोत्दा समेत पालिकाका जिम्मेवार सरोकारवालाहरु चुप लागेर  बसेको स्थानीय ज्ञामुराम न्यौपाने बताए।यो निकै संवेदनशील विषय भएकाले छानवीन समिति बनाएर सो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ।

    गाउँपालिकाका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका प्रमुख समेत रहेका विष्णुकुमार गिरीले नतिजा प्रकाशनमा परीक्षा समितिबाट ठुलो बदमासी भएको स्वीकार गरेका छन्।   ‘अनुत्तीर्ण विद्यार्थीलाई नम्बर थपेर पास गराउने शिक्षकलाई  कानुनी कारबाही हुन्छ।‘ अध्यक्ष गिरीले भने, ‘पास भनिएका  बिद्यार्थीलाई पुनः मौका परीक्षामा सहभागी गराउने  निर्णय भएको छ।’


    त्यस्तै पालिका उपाध्यक्ष महावीर रानाले परीक्षाफल जस्तो संवेदनशील विषयमा विद्यालयको प्रअ तथा परीक्षा समितिको सदस्य पदमा बसेर नियोजित ढंगले बदमासी गर्ने काम निन्दनीय भएको बताउँछन्।यस्तो कार्यमा संलग्न भएका शिक्षकलाई नेपाल सरकारको मौजुदा ऐन नियमावली बमोजिम कारबाहीको दायरामा ल्याउने उनको भनाई छ । 


    बुधबार मात्रै परीक्षा समितिको बैठकमा निजले गल्ती स्वीकारेर परीक्षा समितिबाट राजीनामा दिएको र पास गरिएको विद्यार्थी लेजरमा फेल भएपछि पून: मौका परीक्षा सहभागी गराउने निर्णय भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij