२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी विकास कोषमा एउटै स्थानमा दुइ गुम्बा बनाउन दुईपटक भूमिपुजन हुँदै

लुम्बिनी विकास कोषमा एउटै स्थानमा दुइ गुम्बा बनाउन दुईपटक भूमिपुजन हुँदै

परराष्ट्र मन्त्री देउवाले गरेको भूमिमै पूर्व राष्ट्रपति भण्डारीले भूमिपुजन गर्दै

लुम्बिनी विकास कोषमा एउटै स्थानमा दुइ गुम्बा बनाउन दुईपटक भूमिपुजन हुँदै

लुम्बिनी विकास कोषमा एउटै स्थानमा दुइ गुम्बा बनाउन दुईपटक भूमिपुजन हुँदै

परराष्ट्र मन्त्री देउवाले गरेको भूमिमै पूर्व राष्ट्रपति भण्डारीले भूमिपुजन गर्दै

लुम्बिनी विकास कोषमा एउटै स्थानमा दुइ गुम्बा बनाउन दुईपटक भूमिपुजन हुँदै
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • बुटवल । पछिल्लो समय लुम्बिनी विकास कोष बिबादित क्षेत्रको रुपमा परिचित हुन थालेको छ । शान्तीका प्रतिक गौतमबुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापन गर्ने लुम्बिनी विकास कोषमा गुम्बा बनाउने क्रममा बिबाद उत्पन्न भएको हो ।  
    लुम्बिनी विकास कोषमा बनाईने गुम्बाहरुलाई लुम्बिनी विकास कोषले जग्गा भाडामा उपलब्ध गराउने कानुनी आधारमा दिइएको जग्गा दुइवटा पक्षलाइ दिइएको भन्दै बिबाद सिर्जना हुन थालेका छन् । 


    पछिल्लो समय नेपाली कांग्रेसकी नेत्रृ एवम परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले गुम्बाका लागि भुमी पुजन गरेको जग्गामा विवाद परेको हो । लुम्बिनी क्षेत्रमा गुम्बा बनाउने नाममा बुद्ध धर्म गुरुहरुबिच विवाद उत्पन्न भएको हो ।
    बुद्धजन्मस्थल लुम्बिनी एक गुम्बाका लागि भुमी पुजन गरेको जग्गा पुनः पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीलाई लगेर भुमी पुजन गर्ने तयारी भइरहेको छ ।  जसका लागि राष्ट्रपति भण्डारी रुपन्देही आएकी छन् । शुक्रबार बिहान ११ः३० बजे कार्यक्रमको तयारी भइरहेको छ । 


    सेन्चुरी फर युनिभर्सल पिस (रिंगिंग येशे इंक यूएसए) संस्थापक श्याल्पो रिम्पोचेको अगुवाईमा यस अघि कांग्रेस नेत्रृ डा.आरजुले भुमी पुजन गरेको र निर्माणकार्य पनि अघि बढेको अवस्थामा पछिल्लो समय उक्त जग्गा थुक्छे छोइलिङ मोनासष्ट्री नामक गुम्बाको अगुवाईमा पुर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा भुमी पुजनका लागि निमन्त्रणा बाडिएको छ । उक्त जग्गाको बारेमा उच्च अदालत तुलसीपुर बुटवलमा मुद्धा समेत दर्ता भएको छ ।


    सेन्चुरी फर युनिभर्सल पिस (रिंगिंग येशे इंक यूएसए) लाई लुम्बिनी विकास कोषले दिएको प्लटमा काम हुनुपर्ने भएपनि समयमा काम गर्न सकेन् । वि.सं. २०७८/११/१० मा  निर्माण समयावधि थप भएको थियो । कोभिडको महामारी लगायतका कारण निर्माण समयावधि थप गर्न निवेदन पेश गरे अनुरूप लुम्बिनी विकास कोषबाट २ वर्ष निर्माणको समयावधि थप गरेको थियो ।


    थपिएको समय सिमाभित्रै अर्को थुक्छे छोइलिङ मोनासष्ट्रीसंग गुम्वा बनाउने सम्झौता भएको भन्दै बिबाद् भएको हो । सयम नसकिँदै वि.सं. २०८०/०८/०२ गते  थुक्छे छोइलिङ मोनासष्ट्रीसंग गुम्वा बनाउने सम्झौता भएको भन्दै बिबाद बाहिर आएको हो ।  डब्लु सि –१४ नं. को प्लट पनि थुक्छे छोइलिङ मोनासष्ट्रिलाई गुम्वा बनाउनको लागि सेवा सम्झौता भयो । 

    उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा
    पुर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा भुमी पुजन गर्ने चैत्र १५ गतेका दिन नै उच्च अदालत तुलसीपुर बुटवलले दुबै पक्षलाई छलफलको लागि बोलाएको छ । विवाद रहेको उक्त जग्गाको पुजन कार्यमा पुर्व राष्ट्रपति भण्डारी जान नहुने एक पक्षको माग रहेको छ । 
    आफुहरुसंग छलफल नगरी लुम्बिनी विकास कोषका केही व्यक्तिहरुको प्रभावमा एक पक्षले गुम्बा निर्माण गरिरहेकै क्रममा सोही जग्गा अर्कों पक्षलाई दिनु कानून सम्बत नभएको सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक, श्याल्पा तेन्जिन रेन्पोछेको भनाई छ । विभेदकारी कर्मले गुम्बा बनाउने गुरुहरुलाई विभेद गरिएको चर्चा चलेको छ ।

    समयमा निर्माण सम्पन्न नगरेपछि सम्झौता हटाइएको हो : विकास कोष
    लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धिचरण भट्टराइले श्याल्पो रिम्पोचेको सेन्चुरी फर युनिभर्सल पिस (रिंगिंग येशे इंक यूएसए) लाइ तीनवट प्लट दिइएकोमा २ वटा प्लट फिर्ता लिइएको बताए । 
    उनले आफुले पुन एउटामा बनाउने भन्दै एउटा प्लट लगेको र बाँकी रहेको डब्लु सि –१४ नं. प्लट थुक्छे छोइलिङ मोनासष्ट्रीलाइ दिइएको बताए ।  लुम्बिनी विकास कोषभित्र निर्माण हुने संरचनाहरु तीन वर्षभित्र सम्पन्न भइसक्नुपर्ने प्रावधान रहेको उनले जानकारी गराए । 


    उनले भने, ‘लुम्बिनी विकास कोषभित्र बन्ने संरचना तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भएपनि त्यो अनुसार नभएपछि, तीन मध्य दुइ प्लट फिर्ता लिइएको तर थप एउटामा काम गर्ने भनेर मागेपछि एउटा दिइ बाँकी रहेको एउटा मोनासष्ट्रीलाइ दिइएको हो । ’
    उनले कानुनी प्रक्रियामा कुने जटिलता नरहेको बताउँदै उच्च अदालत तुलसीपुर बुटवलमा परेको मुद्धाको बारेमा आफुले जानकारी नभएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij