२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा गोल्डकपको फाइनल आज : एपीएफ र चर्च ब्वायज भिड्दै

तिलोत्तमा गोल्डकपको फाइनल आज : एपीएफ र चर्च ब्वायज भिड्दै

तिलोत्तमा गोल्डकपको फाइनल आज : एपीएफ र चर्च ब्वायज भिड्दै

तिलोत्तमा गोल्डकपको फाइनल आज : एपीएफ र चर्च ब्वायज भिड्दै

तिलोत्तमा गोल्डकपको फाइनल आज :  एपीएफ र चर्च ब्वायज भिड्दै
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, चैत्र १५ २०८१
शनिवार, चैत्र १५ २०८१

  • बुटवल ।  २३ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको  फाइनल खेल आज दिउसो हुंदैछ । 


    फाइनलमा विभागीय टिम सशष्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वायज युनाइटेड ललिलतपुरबीच दिउसो २ बजेदेखि उपाधि भिडन्त हुने भएको हो । जिल्ला फुटबल संघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय र भारतका दुई सहित ८ टिमले भाग लिएका थिए । 


    एपीएफ क्लबले पहिलो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने चर्च ब्वायजले अन्तिम सेमिफाइनलमा मच्छिन्द्र एफसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 


    आयोजक एन्फा रुपन्देहीले फाइनल खेलको पुर्वसन्ध्यामा गरेको प्रिम्याच प्रेस कन्फेरेन्समा दुबै टिमले उपाधि जित्ने रणनीति सहित मैदानमा उत्रिने  तयारी गरेको बताएका छन् । 
    एपीएफका प्रशिक्षक टोप विष्टले सात वर्षदेखि एकै टिममा रहेर खेल्दै टिमको तालमेल जितका लागि बलियो पक्ष भएको बताए । चर्च ब्वायजका प्रशिक्षक आशिक थापा मगरले चारजना विदेशी खेलाडी सहित बलियो टिम बनेको र यसअघि भएको खेलमा पनि एपीएफलाई पराजित गरेकाले उपाधि जित्ने दावी गरे ।

    एन्फा रुपन्देही अध्यक्ष लोक पुनले नेपालका क श्रेणीका ४ वटा गोल्डकप मध्ये तिलोत्तमा गोल्डकप एउटा भएको उल्लेख गर्दै प्रतियोगिताको प्राविधिक पक्ष धेरै राम्रो रहेको बताए । 
    प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया,उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया ,  उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई नगद ३१ हजार रुपैयांका दरले  तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल पुरस्कार दिइने संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।  

    हालसम्म को को विजेता बने ?

    २०३३ सालमा शुरु भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौंमा जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।


    त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्र मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९औं संस्करणको उपाधि सीएमसी संकटा क्लवले जितेका थिए ।

    २०औं तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लब काठमाडौंले जितेको थियो । २१ औं संस्करणको उपाधि अफ्रिकी देश क्यामरुनको दाफिन्स युनाइटेडले जितेको थियो भने २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij