२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र १५ २०८१
शनिवार, चैत्र १५ २०८१
  • भैरहवा । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाइ ६  विकेटले हराउदै पुलिसले उपाधी जितेको हो । 

    १५५ रनको लक्ष्य लिइ मैदान प्रवेश गरेको पुलिसले ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको अर्धशतकको सहयोगले उक्त लक्ष्य २५.२ ओभरमा ४ विकेटको क्षतिमा प्राप्त गर्‍यो । पुलिसका लागि ओपनर भुर्तेलले ६१ रन बनाए । उनले ७० बलको सामाना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ रन बनाउनुभयो भने दिलिपनाथले अविजित ३१  रन प्रहार गरे । बलिङमा आर्मीका साहब आलमले ३ विकेट र नरेन साउदले १ विकेट लिए ।

    फाईनलमा  त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस यस अघि त्रिभुवन आर्मी क्लबले १५४ रन बनाएको थियो । भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले पारीलाई सम्हाल्दै ७५ रन बढीको साझेदारी गरे पछि आर्मीले मध्यम स्कोर तयार गरेको थियो । 

    आर्मीका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए । कप्तान विनोद भण्डारीले २९ रन बनाए । यस्तै विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । 

    आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङ तर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा १ मेडेन सहित ३० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिदा कप्तान दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए ।

    प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत यस पटक ४६ वटा खेलहरु खेलाईएको थियो । यी सबै खेल पहिलो पटक काठमाण्डौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij