२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • बुटवल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । हिजो अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो ।

    जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए ।

    गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो । मुम्बईको यो लगातार दोस्रो हार हो । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

    आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij