२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२३औं तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्वायजलाई

२३औं तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्वायजलाई

फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले १२ लाख १२ हजार नगद पुरस्कार हात पारेको छ ।

२३औं तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्वायजलाई

२३औं तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्वायजलाई

फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले १२ लाख १२ हजार नगद पुरस्कार हात पारेको छ ।

२३औं तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्वायजलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • लुम्बिनी संवाददाता
    बुटवल
    चर्च ब्वाइज युनाइटेड क्लब ललितपुरले २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
    देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वायजले उपाधि जितेको हो ।


    चर्च ब्वायजको जितमा पहिलो हाफमा खेलको १९औं मिनेटमा विदेशी खेलाडी रिचार्ड विल्सनले र खेलको ६६औं मिनेटमा राज भुसालले एक– एक गोल गरे । विल्सनले राजको कर्नरमा आएको बललाई हेडिङमार्फत् जाली चुमाएका हुन् । ६५औं मिनेटमा अमन लामाले पेनाल्टी बक्स नजिकबाट प्रहार गरेको फ्रिकिकलाई  एपिएफका गोलकिपर विशाल गुरुङले बचाएका थिए । तर, रिबाउन्डमा राजले गोल गरेका हुन् । फाइनलको म्यान अफ द म्याच भुसाल नै भए ।


    एपीएफले भने पटक–पटक प्राप्त गरेको अवसरलाई चर्च ब्वाइजका गोलकिपर विवश चौधरीले उत्कृष्ट बचाउ गरे ।
    जिल्ला फुटबल संघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय र भारतका दुई सहित ८ टिमले भाग लिएका थिए ।
    प्रतियोगिताको उपाधि विजेता चर्च ब्वायजले १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र उपविजेता एपीएफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको एन्फा रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।
    प्रतियोगिता सञ्चालन गर्न बुटवल उपमहानगरले ४० लाख बजेट छुट्याएको थियो भने यशोदा फुड्सले करिब २५ लाख रुपैयाँ नगद पुरस्कार प्रायोजन गरेको थियो ।


    प्रतियोगितामा वेस्ट गोलकिपर चर्च ब्वाइजका विवश चौधरी भए । वेस्ट मिड फिल्डरको उपाधि एपीएफका स्यामुयल सुनारले पाए भने वेस्ट फरवार्ड चर्च ब्वाईजका रिचार्ड विल्सन भए ।


    यस्तै, वेस्ट डिफेन्डर एपीएफका मानबहादुर राना तथा वेस्ट कोच चर्च ब्याइजका आशिक थापा मगर भए । विधागत उत्कृष्ट खेलाडी र कोचले नगद ३१ हजारका दरले पुरस्कार पाए । 


    प्रतियोगिताको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका अमन लामा घोषित हुँदै स्कुटर प्राप्त गरे । विजयी टिम र खेलाडीलाई आयोजक संस्थाका अध्यक्ष लोक पुन, प्रतियोगिताको संरक्षक बुटवल उप–महानगरका प्रमुख खेलराज पाण्डेय, नगद पुरस्कारको प्रायोजक यशोदा फुड्स र त्रिमूर्ति इण्डस्ट्रिजका नरिश्वर पौडेललगायतले पुरस्कार तथा प्रमाणपत्र विरण गरेका थिए ।    

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij