२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • राजतन्त्र पुनःस्थापनाको माग राख्दै राजावादी समूहले गरेको प्रदर्शन अराजक र हिंसात्मक भएको छ । उग्र प्रदर्शनकारीले तोडफोड,आगजनी र लुटपाट गरेका छन् । उनीहरुको आगजनीमा परेर एकजना पत्रकारको जलेर ज्यान गएको छ । अर्का एक युवा प्रहरीको गोली लागेर मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलन भनिए पनि शुक्रबार सुरुदेखि नै उनीहरुको उग्र प्रदर्शनले सीमा नाघेर तोडफोड, आगजनी र लुटपाटसम्म पुग्यो । यो असामान्य घटनामा विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई कमाण्डर तोकेर पूर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्ने दाउ चालेका छन् ।


    पूर्व राजा ज्ञानेन्द्रले धेरै पहिलेदेखि चाल्दै आएको रणनीतिलाई अहिले कार्यान्वयन गरेका हुन् । कोभिड महामारीपछिको आर्थिक संकटले समाजमा चरम निराशा बढेका बेला उनले व्यवस्था बदल्ने योजनालाई कार्यान्वयन गर्ने चाल चाले । जसका लागि पञ्चायतकालीन नेता नवराज सुवेदीलाई आन्दोलन परिचालन समितिको संयोजक र विवादास्पद व्यवसायी प्रसाईंलाई फिल्ड कमाण्डर तोकेर जिम्मेवारी दिए । शुक्रबारको तोडफोड, आगजनी र लुटपाटको अघिल्लो साँझ निर्मल निवासमा उनीहरुलाई भेटेर ज्ञानेन्द्र शाहले निर्देशन दिएकाले यो वितण्डामा प्रमुख दोषी उनी समेत हुन् । सरकारले फौजदारी अभियोगमा यो घटनाको अनुसन्धान अघि बढाएको छ, राजनैतिक आन्दोलनको बहानामा अराजनैतिक गतिविधि गर्नेहरुलाई फौजदारी अभियोगमा अनुसन्धान गर्ने र कानुनको दायरामा ल्याउनु स्वाभाविक छ । राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित केही पक्राउ परिसकेका छन्, प्रसाईं फरार भएका छन् ।


    ड्युटीमा खटेका प्रहरीलाई कुल्चनेगरी गाडी हाकेर प्रसाईंले जुन उदण्ड क्रियाकलाप देखाए, भीडलाई आगजनी र तोडफोडका निम्ति उक्साए । उनको अक्षम्य हर्कत जति निन्दा गरे पनि कमि हुन्छ । औषधि उत्पादन गर्ने कम्पनीमा आगजनी भयो । सञ्चार गृहमा तोडफोड भयो, आगजनीको प्रयास भयो । भाटभटेनीलगायत व्यापारिक प्रतिष्ठानमा लुटपाट भयो । अन्य निजी र व्यापारिक भवनमा आगजनी भयो । रिर्पोटिङमा फिल्डमा खटेका पत्रकारलाई तिनकुनेमा आगलागी भएको भवनको बाहिरबाट चावी लगाइदिएर थुनियो, त्यही एकजना पत्रकार जलेर ज्यान गुमाएको घटना बर्बर र आततायी हो ।


    यो संविधान जनताबाट निर्वाचित संविधानसभाले बनाएको हो । संविधानसभाले बनाएको संविधानप्रति विश्वास र भरोसा हराएको हो भने संवैधानिक प्रक्रियाबाट दुई तिहाइ ल्याएर व्यवस्था परिवर्तन गर्न सकिन्छ । त्यसका लागि उनीहरुले राजनैतिक अभियान सञ्चालन गर्न सक्छन्, तर राजनैतिक अभियानका नाउमा अराजनैतिक, उदण्ड, अराजक र हिंसात्मक गतिविधिले उनीहरुको अभियानलाई बल पु¥याउँदैन्, बरु उनीहरुलाई कानुनको कठघरामा उभ्याउने वातावरण तयार हुन्छ । राजावादीहरुले आफ्नै गतिविधिले कमजोर बन्ने वातावरण बनाउँदैछन् । लोकतन्त्रमा लोकतान्त्रिक विधि, प्रक्रिया र मर्मलाई आत्मसात गर्दा नै राजनैतिक अभियानप्रति नागरिकको भरोसा र विश्वास बढ्ने हो । लोकतान्त्रिक विधिलाई कुल्चने चेष्टा पूर्व राजा ज्ञानेन्द्र शाहले गरे । यो अभियानमा जो जोले कमजोरी गरे, शुक्रबारको घटनाको प्रभावकारी छानबीन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij