२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा गोल्डकपको औचित्य स्थापित गरौं

तिलोत्तमा गोल्डकपको औचित्य स्थापित गरौं

तिलोत्तमा गोल्डकपको औचित्य स्थापित गरौं

तिलोत्तमा गोल्डकपको औचित्य स्थापित गरौं

तिलोत्तमा गोल्डकपको औचित्य स्थापित गरौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • नेपाली खेल जगतको पूरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करणमा उत्साह देखिन सकेन् । चैत ९ गतेदेखि १६ गतेसम्म भएको प्रतियोगितामा प्रतिष्ठित राष्ट्रिय टिम आउन रूची देखाएनन्, दर्शकको रोजाइमा पनि पर्न नसक्दा प्रतियोगिताको औचित्यमै प्रश्न उठेको छ ।


    खेलकुदले समाजमा आशा र उत्साह जगाउँछ । खेलाडी र दर्शकलाई अनुशासन र मर्यादामा बस्न सिकाउँछ । पछिल्ला वर्ष खेल पर्यटनको संभावना बढ्दै गएकाले तिलोत्तमा गोल्डकपमार्फत् बुटवलमा खेल पर्यटन प्रवद्र्धन गर्न सकिने संभावनालाई पटक्कै चासो देखाइएन् । तिलोत्तमा गोल्डकप बुटवलको प्रतिष्ठा हो, बुटवलको गौरव हो । बुटवलसँग जोडिएको यो प्रतियोगितालाई उप–महानगरपालिकाले बिगतदेखि नै अपनत्व लिएर सफल पार्न सहयोग गर्दै आएको भए पनि आयोजक रूपन्देही फुटबल संघले प्रतियोगितालाई भव्य पार्न यसपाली चुकेको छ  । प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी विगतदेखि नै रूपन्देही जिल्ला फुटबल संघले लिएकोले यो प्रतियोगिताको व्यवस्थापन गर्न फुटबल संघ किन चुक्यो ? उप–महानगरपालिकासहित विभिन्न व्यापारिक र औद्योगिक प्रतिष्ठान प्रतियोगिताको लागत व्यवस्थापनमा सहभागी भएकाले आर्थिक समस्या पनि थिएन । गोल्डकपका लागि उप–महानगरपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


    अरु व्यापारिक प्रतिष्ठानले दिएको पैसा पनि पारदर्शी हुनुपर्छ । आम्दानी र खर्च सार्वजनिक गरेर आयोजनकले आफूलाई पारदर्शी बनाउनुपर्छ । पैसाको व्यवस्थापन एउटा पाटो हो, अर्को पाटो प्रतियोगितामा कस्ता टिम सहभागी हुन्छन् र दर्शकको उत्साह कत्तिको हुन्छ भन्ने महत्वपूर्ण हुन्छ ।


    तिलोत्तमा गोल्डकपको इतिहास स्वर्णीम छ, यही प्रतियोगिताबाट नै यहाँबाट धेरै आशालाग्दा खेलाडी उत्पादन भए । प्रतियोगिताको गौरवमय विगत जतिबेलासम्म जोगिनसक्छ, वर्तमानमा पनि यो प्रतियोगितालाई भव्य बनाउन अहोरात्र खटेर नतिजा निकाल्न सकिन्छ । फितलो प्रतियोगिता आयोजना गरेको र आयोजकले गौरवमय विगतलाई धुतीसाल बनाएको छ । अब कमजोरी समीक्षा गरी प्रतियोगितालाई भव्य बनाउने गरी योजना बनाउनुपर्छ ।


    बुटवलको पहिचान र प्रतिष्ठा जोडिएको प्रतियोगितालाई भव्य बनाउन उप–महानगरपालिकाले पनि मिहिन ढंगले चासो दिनुपर्छ । बजेट विनियोजन गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेको उपमहानगरपालिकाले अब बजेट मात्रै होइन्, बदलिदो परिवेशलाई ख्याल गरेर प्रतियोगिता भव्य बनाउन आयोजकले ध्यान दिएका छन् कि छैनन् भनेर निगरानी गर्न सक्छ । उपमहानगरपालिकाको खेलकुद विकास समिति क्रियाशिल रहेकोले त्यही समितिले अनुगमन र मार्गनिर्देशन गर्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij