२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टाइँ टाइँ फिस्स

टाइँ टाइँ फिस्स

टाइँ टाइँ फिस्स

टाइँ टाइँ फिस्स

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • गन्तव्यविहीन आन्दोलन
    पहिलेपहिले  पत्रपत्रिकामा प्रायशः लेखिन्थ्यो, तर झण्डै ३ वर्ष पहिले बायाँ साइडमा पक्षघात भएपछि लेखन कार्य ७ महिनादेखि ठप्प नै गरेको थिएँ ।
    सुन्दैछु गुन्दैछु सत्तामा भत्तामा लठ्ठिन पाए रमाउने सबै काम ठीक भएको छ भन्ने सत्ताबाट बाहिर गएपछि उत्तेजित हुने र बर्बाद भयो भन्ने । कुशासन भयो भन्ने हाम्रो दलीय राजनीतिमा रह्यो । यो दुःखद पक्ष हो । 


    म सरकारमा बस्न पाए यो गर्थे, त्यो गर्थें मलाई हटाएपछि बर्बाद भयो । विकास निर्माण र सामाजिक रुपान्तरणको काम पनि रोकिए । सुशासनको चरो कता भुरुरुरु... उडेर गयो भनेर प्रतिपक्षले दमाहा बजाउँदै छ । यता सरकार पक्ष पनि के कम  ! हामीले विकास र समृद्धिको रथ हाँकेकै छौं । तर प्रतिपक्ष अराजक भयो यस्तै यस्तै सत्ता पक्ष र प्रतिपक्षबिच जुहारी चलेको छ । जनता अलमलमा छन् । यतिसम्म नकारात्मक मनस्थिति बनेको छ कि कि यो सरकार रहनु भनेको समयको बर्बाद र देशको बर्बादी हो भन्न पनि पछाडि परेका छैनन् ।


    कथित बुद्धिजीवि विश्लेषक पनि के कम ? यस खाले आलोचना र विरोध हुनु लोकतन्त्रको सौन्दर्य हो, दलीय लोकतान्त्रिक व्यवस्थामा आलोचना र विरोध हुनैपर्छ । सारतः एकले अर्कालाई नसुन्ने, नदेख्ने अवस्था सिर्जना भएको छ । यस्तो प्रवृत्तिलाई कसरी लोकतन्त्रको सौन्दर्य भन्ने ? बुझ्न गाह्रो भएको छ । नेपालमा निर्वाचित भएको सरकारले पाँच वर्ष  कार्यकाल बिताएको इतिहास छैन । जहिले पनि सरकार ढलाउने र  प्रधानमन्त्री र सरकार निर्माण गर्ने खेल्लो, फड्को, जालझेल, छक्का पञ्जा !
    भन्छन् मेरो पार्टी सदाचारी, तेरो पार्टी र तैले चलाएको सरकार दुराचारी, भ्रष्टाचारी, विदेशी, दलाल !


    हो, यसबिचमा कुन कुन प्रधानमन्त्रीको नेतृत्वमा चलेका सरकारले सुकार्य गरे र, कुन कुन सरकारले कुकार्य गरे । नराम्रा काम वा कुकार्यको एवम् राम्रा काम र सुकार्यको सूची बनाएर जनतालाई दिन जरुरी छ । आफूले वा आफ्नो सरकारको पालामा भएका राम्रा काम यति र कमजोरी यति रहे । फलाना मन्त्रीले यसो गर्दा गरेका कमजोरी यी यी हुन् भनेर सार्वजनिक गर्न अनिवार्य छ । 
    सामाजिक सञ्जालमा २०७९ को चुनावभन्दा पहिले छ्याप्छ्याप्ती लेखिए– अबको प्रधानमन्त्री हर्क साम्पाङ, बालेन, रवि लामिछाने, ज्ञानेन्द्र शाही, रवीन्द्र मिश्र, केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, नेत्रविक्रम चन्द उपर्युक्त नामावली  जोडेर २०८४ को निर्वाचनपछि पनि प्रधानमन्त्री को होला लेखिंदै आएका छन् । यसमा हर्क साम्पाङ, बालेन, ज्ञानेन्द्र शाही लेख्नेको संख्या पनि कम छैन ।


    यता धर्म निरपेक्षताको खारेजी र हिन्दु राज्यको घोषणा गर जस्ता विचार पनि सामाजिक सञ्जालमा देखिन्छन् । फेरि करिब करिब तिनै व्यक्तिले धराने हर्क साम्पाङको नेतृत्वमा दिनदहाडै झलमल घाम लागेको बेला धरानको चौरमा मन्द्रा बिच्छ्याएर गोरु काटेर बिलो लगाएको मात्र होइन, गाई गोरु काटेर खानु हाम्रो अधिकार हो, गोरु गाईको मासु हाम्रो खाद्य हो भनेर १० हात उफ्रेको पनि देखियो । जे गरे पनि हुने, जसो गरे पनि हुने त्यस्तो कार्यलाई लोकतन्त्रको सौन्दर्य भन्ने ! कस्तो अनुशासन हो ? छाडा प्रवृत्ति हो कि सभ्य प्रवृत्ति हो !


    २०४६ सालको जनआन्दोलन, सहिदहरुको योद्धाहरुको त्याग, तपस्या, बलिदानले २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको हो । राजा वीरेन्द्र वा दरबारियाको अनुकपा  निगाहाले बहुदलीय प्रजातन्त्र आएको थिएन ।


    लौ प्रजातन्त्र कम भयो ? अधिकार धेरै चाहिन्छ, भनेर हातहतियार समेत बोकेर २०५२ सालदेखि अर्काे आन्दोलन उठ्यो । त्यो आन्दोलनमा जनताका छोराछोरीले धेरै सपना देखेका थिए । सुन्दर सपनाकै आधारमा उनीहरु आन्दोलनमा होमिए । यस क्रममा नेपाल आमाका १७ हजार छोराछोरीको ज्यान गयो । तर राजा र राजतन्त्रको भने उचेरा पनि गएको थिएन । तर जनता शान्ति चाहन्थे । नकाटिन र नमारिन चाहन्थे ।


    त्यसैले ०६२÷०६३ मा विद्रोहीको पक्ष नेकपा एमाले नेपाली कांग्रेस जस्ता पार्टीहरु लोकतन्त्रकोे वहालीको नारा लगाएर मेची महाकालीमा नै सडक सडकमा उत्रे ।


    आखिर २०६३ बैशाख ११ गते त नेपाल दरबार जनता समक्ष झुक्यो । जस अनुरुप २०६३ जेठ १५ गते जनताको नासो जनतालाई सुम्पे, अब म नागरिक भएर बस्न र बाँच्न चाहन्छु भने बमोजिम उनलाई तत्काल बसोबास गर्ने गुँडका रुपमा नागार्जुन दरबारमा दलहरुले व्यवस्था गरिदिएका हुन् । साँचो भन्ने हो भने राजतन्त्र राजा त्यस दिनदेखि मसान घाटमा पुगेकै  हुन्, राजा र राजतन्त्रको दाहसंंस्कार भएकै हो । दाहसंस्कार भएको वा भइसकेको राजतन्त्र पुनः व्यूँतिन खोज्नु विडम्बना नै हो । जनतालाई ज्ञानेन्द्रले ढाँट्नु नै हो । अब बेला आएजस्तो छ भन्दै चुरीफुरी गर्नु अदृश्य शक्तिले नेपाली जनतालाई तर्साउन  खोजे जस्तै हो । मिति सकिएको दबाई जति खाए पनि महेन्द्रका छोरा ज्ञानेन्द्र  व्यूँतिन सक्ने कुनै आधार देखिंदैन ।  नारायणहिटीबाट नागार्जुन धपाइएका ज्ञानेन्द्रले बढी चुरीफुरी गर्दै गरे कुन आकाशको ग्रहमा वा पतालमा पुग्ने होलान् यो उनैले सोच्ने कुरा हो ! उनी उछुट्टिएको देख्न नपरे हुन्थ्यो ।
    यही बेला आफूलाई  गद्दीमा राख्न भनी महेन्द्रका छोरा ज्ञानेन्द्रले केही आफ्ना शुण्डमुण्डलाई गणतन्त्रकाविरुद्ध सर्वसाधारण नागरिकका घरमा ढुंगामुढा गर्न लगाएर र राजतन्त्र जिन्दावाद, नारा लगाउँदै रमाए । कस्तो गजब आफैँले आफँैलाई जिन्दावाद भन्न लगाउने । नभनून् पनि किन र भाडाका टट्टु न हुन् । 


    यस क्रममा सञ्चारकर्मी एभिन्यूजका सुरेश रजक छतमा बसेर भिडियो लाइभ गर्दा गर्दै ज्ञानेन्द्र शाहका एजेन्टहरुबाट ढुंगा मुढा भयो । रजक त्यस घटनाबाट जोगिन सक्नु भएन । एउटा २९ वर्षीय युवा प्रतिभा सुरेश रजकको ज्यान गयो । यति मात्र होइन, कथित राजतन्त्रवादीको आन्दोलनमा प्रहारीको गोलीबाट सख्त घाइते भएका अर्का सविन महर्जनको अस्पताल पु¥याउँदा नपु¥याउँदै डाक्टरले मृत घोषणा गरे । यसरी नै अन्य ६÷७ जनालाई टिचिङ र ट्रमासेन्टरमा उपचारार्थ भर्ना गरिएको र उनीहरुको अवस्था नाजुक भएको सुनिन्छ । अब घाइतेहरुको मृत्यु नभए हुन्थ्यो भनी मलगायत मानवतावादीले कामना गर्नु परम दायित्व हो ।


    यसरी प्रतिगमन आन्दोलनमा सूचना सम्प्रेषण गरिरहेका सुरेश रजक सहिद बने । 
    राजा बन्ने रहर जाग्यो भन्दैमा ज्ञानेन्द्रलाई राजा बनाउनु पर्ने कुनै कारण छैन । वंशीय राजतन्त्र त जमानाको कुरा हो । विश्वबाट राजतन्त्रको उन्मूलन भइरहेको यो घडीमा यो वा त्यो व्यक्ति राजा हुन सक्दैन । 


    २ सय ४० वर्षसम्म राशलीला गर्दै देशलाई टटंटाट बनाएको राजतन्त्रले नै हो । यो लेखकले यो लेखिरहँदा कोही फेरि जान्ने भएर बेबी किङ भनेर कोही आउन सक्छ । बेबी किङ न सेवी किङ ! अब त्यसको मिति सकिसकेको छ । कसैलाई बेबी किङ बनाउन पाए ब्रह्मलुुट गरौंला भन्ने सुडमुडहरुको सपना साकार हुने छैन । यो कुरालाई नेपाली जनताले राम्ररी बुझिसकेका छन् । थोरै इतिहासतर्फ ध्यान खिच्न चाहे ।


    दखिन अर्थात् भारतमा गुप्त साम्राज्य थियो । गुप्त राजाहरु  बौद्धमार्गी नै थिए । उनीहरुको सेनापति पुष्यमित्र सुङ थियो ।
    पुष्यमित्रलाई पनि राजा हुने मन लाग्यो । त्यसैले उसले बौद्धमार्गी राजाहरुलाई हटाएर आफैँ राजा भयो र पुनः हिन्दू धर्म ग्रहण गरेर नालन्दा विश्वविद्यालय तक्षशिला विश्वविद्यालय र हजारौं बौद्ध गुम्बा विहार र बौद्ध ग्रन्थ खरानी पार्ने रणनीतिक योजना थियो । इतिहास भन्छ– नालन्दा विश्वविद्यालयको भवन संरचना र अन्य बौद्ध विहार गुम्बाहरुमा आगलागी गरियो । ८ वर्षसम्म जलिरहे  र खरानी बने । 


    त्यसै क्रममा पुष्यमित्रको प्रभाव, निर्देशनान केरला हिन्दू ब्राह्मण शंकाराचार्य र कुमारिल भट्टको हिन्दु सेनामेना ब्राह्मण लुम्बिनीमा प्रवेश गरी ८४००० बौद्धग्रन्थ खरानी पारेको इतिहास छ ।


    अन्त्यमा ज्ञानेन्द्र शाह कुनै शक्तिको प्रतीक र अभियन्ता होइनन् । उनी विष्ष्णुका अवतार पनि होइनन्  । यति मात्र होइन, कुनै राजा महाराजा  भगवानको अवतार हुन सक्दैनन् । ढाँटेको कुरा काटे मिल्दैन । तर नेपाली सीधासाधा जनतालाई हिन्दु धर्मको  मात चढाएर नेपालमा ज्ञानेन्द्रले उद्दण्डता मच्याउने दुष्प्रयत्न गरिरहेका छन् । उनले मुखले शान्ति प्रजातन्त्र र विकास भन्नुको अर्थ मुखमा राम राम बगलीमा छुरा हो । बुझ्न जरुरी छ । 


    राजा र कुण्डले मण्डलेहरुले शासन त गरेका हुन् । खोइ त किन देश समृद्ध भएन ?
    राजा बन्न र बनाउने रहर बोकेकाहरुले व्यवसायिक घर भवन भत्काउने ! रक्सी वियर, माल सामान लुट्ने, मान्छे मार्ने र मराउने काम गरे । 

     


    राजावादीले वर्तमान गणतन्त्रवादी सरकारका विरुद्ध र गणतन्त्रवादी भनिएर चिनिएका प्रचण्ड नेतृत्वको दल, माधवकुमार नेतृत्वको दल र अन्य दलहरुले सरकारका विरुद्ध यही बेला आन्दोलन गरेर के गर्न खोजेको हो ? यसले कसलाई सहयोग पु¥याउँछ ?


    यस्तो आन्दोलनले कथित राजावादीलाई सघाउँछ कि गणतन्त्रवादी र गणतन्त्र पक्षधरलाई ? परीक्षणको तुलामा राखेर तौलने बेला भएको छ । सरकार सञ्चालक पार्टी र सत्ताले पनि गणतन्त्रवादी को को हुन् तिनैलाई बेलैमा समन्वय गर्न वान्छनीय  छ । गणतन्त्रवादी हौं भन्ने दलहरुले सौताको रीसले पोइको काखमा मुत्न खोज्नु हुँदैन । राजावादीको अराजक आन्दोलन मात्र होइन, अहिले राजावादीको प्रतिगामी आन्दोलन र गणतन्त्रवादीको सरकार विरोधी आन्दोलन त टाइँ टाइँ फिस्स भइसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij