२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वनवाटिकामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालन

वनवाटिकामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालन

वनवाटिकामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालन

वनवाटिकामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालन

वनवाटिकामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • तिलोत्तमा । प्रदेशकै प्रमुख पर्यटकीइ स्थलको रुपमा विकास भइरहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा आएको छ । 
    ‎द थ्रिल एड्भेञ्चर प्रालिले ४ वटा साहसिक खेलको शुभारम्भ गरेको हो । दुई करोड २५ लाख लागतमा निर्माण भएको संरचनामा जीपलाईन, स्काई साईकिलिङ्ग, ग्यान्ट स्वीङ्ग (पिङ्ग) र ¥याप्ललिङ्ग सञ्चालनमा आएको हो । उक्त संरचनाको शुभारम्भ गर्दै तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँणले वनबाटिकामा निर्माण भएका संरचनाले पर्यटकमा थप आकर्षण प्रदान गर्ने बताएका थिए । पालिकाले यी र यस्ता शाहसिक खेलको प्रर्वद्धनको लागि सधै तयार रहेको भन्दै उनले यसले पर्यटक आगमन बढाउने बताए ।

    कार्यक्रममा बोल्दै आन्सी मल्टि ईन्टरनेशनलका अध्यक्ष लेखनाथ न्यौपानेले साहसिक सुरक्षाका सबै मापदण्ड पूरा गरेर हाल चार थरि र भविष्यमा थप आधा दर्जन साहसिक र मनोरन्जनयुक्त सपर्यटकीइ पुर्वाधार बनाउने योजना रहेको बताए ।

    ‎‎द थ्रील एड्भेन्चर प्रालिका सिईओ प्रकाश ज्ञवालीले निकट भविश्यमा नै स्काई वाक, ह्याङ्गीङ्ग क्याफे, पोखरी निर्माण गरी बोटिङ्ग, संसारकै सबैभन्दा अग्लो बन्जी स्टेशन, फिस टनेल लगायतका संरचना निर्माण गरिने जानकारी दिए । द थ्रिल एड्भेन्चर प्रालिमा घनश्याम पाण्डे, रवि भट्टराई सुरज गौतम र चन्द्रकान्त कान्त पाण्डे सञ्चालक रहेका छन् । उक्त संरचनाको जग्गा प्रयोग गरेवापत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रलाई प्रति महिना ६५ हजार ५ सय ५० रुपैयाँ तिर्ने सम्झौता भएको छ ।

    निर्माण गरिएको संरचना शुभारम्भ चैत १८ गते बाट भएपनि यसको ग्रान्ड ओपनिङ्ग बैशाख ३ गते गर्ने योजना समेत बनाइएको सञ्चालक रवि भट्राईले जानकारी दिए । उनका अनुसार शुभारम्भ उत्सवको अवसरमा सेवा लिन आउने ग्राहकलाई विशेष छुट समेत प्रदान गरिएको छ । साईकिलिङ्ग र जीपलाईनको लागि ३५०, पिङ्गको लागि २०० र ¥याप्लीङ्गको लािग सय रुपैयाँ टिकट दर व्यवस्था गरिएको हो । उक्त एड्भेन्चर प्रालिमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उक्त एड्भेन्चरमा खेल्ने सबैको ३ लाखदेखि ५ लाखको  बीमा समेत गरिएको कम्पनीले जनाएको छ । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij