२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १८ २०८१
मंगलवार, चैत्र १८ २०८१
  • बुटवल। बलिङमा आश्वनी कुमार र ब्याटिङमा र्‍यान रिकेल्टन चम्किएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । सोमबार राति घरेलु मैदान वान्खडेमा मुम्बईले जारी सिजन पहिलो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो ।

    कोलकाताले प्रस्तुत गरेको ११७ रनको सामान्य लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा र्‍यान रिकेल्टनले ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे ।यस्तै, सुर्यकुमार यादवले नौ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । विल ज्याकले १६ र रोहित शर्माले १३ रन थपे ।

    कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए । यसअघि, टस हारेर ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो । कोलकाताका कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । अंगकृष रधुवंशीले सर्वाधिक २६ रन जोडे । रमनदीप सिंहले २२, मनीष पाण्ड्याले १९, रिंकु सिंहले १७ र कप्तान अजिक्या राहाणेले ११ रन बनाए । 

    मुम्बईका आश्वनी कुमारले तीन ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट हात पारे । आश्वनीले अजिक्या राहाणे, रिन्कु सिंह, मनीष पाण्ड्या र आन्द्रे रसेलको विकेट लिएका हुन् । दीपक चहारका नाममा दुई विकेट रह्यो । जितसँगै तीन खेलबाट दुई अंक जोडेको मुम्बई छैटौँ स्थानमा उक्लिएको छ । मुम्बई पहिलो खेलमा चेन्नईसँग चार विकेटले पराजित भएको थियो । मुम्बई दोस्रो खेलमा गुजरातसँग ३६ रनले हारेको थियो ।

    कोलकाताको भने यो दोस्रो हार हो । तीन खेलबाट दुई अंकको कोलकाता तालिकाको पुछारमा छ । कोलकाता पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाताले राजस्थानलाई आठ विकेटले हराएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij