२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साइबर सुरक्षाको जोखिम

साइबर सुरक्षाको जोखिम

साइबर सुरक्षाको जोखिम

साइबर सुरक्षाको जोखिम

साइबर सुरक्षाको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १८ २०८१
मंगलवार, चैत्र १८ २०८१
  • लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा ६ सय २१ साइबर अपराधका उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८०-०८१ मा १ हजार ३ सय ७३ उजुरी परेका थिए । यो तथ्याङ्क हेर्दा समाजमा साइबर अपराध डरलाग्दो ढंगले विस्तार भएको देखिन्छ ।


    कम्प्युटर र इन्टरनेटको प्रयोग गरी कसैलाई धम्क्याउने, चरित्रहत्या गर्ने, अवैध ढंगले आर्थिक कारोबार गर्नेलगायत नै  साइबर अपराधअन्तर्गत पर्दछन् । अहिले हरेकको हात–हातमा स्मार्ट मोबाइल उपलब्ध छ । इन्टरनेटको सहज पहुँच छ । २०७८ को जनगणना अनुसार नेपालमा ३७ प्रतिशत घरपरिवारमा इन्टरनेटको पहुँच पुगेको छ । ग्रामीण क्षेत्रमा भन्दा धेरै शहरी क्षेत्रमा इन्टरनेट प्रयोगकर्ता परिवारको संख्या धेरै छ । अझ जनगणना भएको तीन वर्ष बितिसकेको छ, यो बिचमा इन्टरनेट प्रयोगकर्ताको संख्या अझैँ धेरै छ ।


    इन्टरनेटको विस्तार र स्मार्ट फोनको प्रयोगकर्ता बढेसँगै समाजमा नागरिकको सम्पर्क र सम्बन्ध भर्चुअल विस्तार भएको छ । सूचना प्रविधिको विकासले अहिले संसार एउटा सानो गाउँमा बदलिएको छ । विश्वको एउटा कुनाको व्यक्तिले अर्को कुनामा बस्ने व्यक्तिसँग सम्पर्क र  कुराकानी गर्न सक्छ । अध्ययन अनुसन्धानका लागि आवश्यक सामग्री इन्टरनेटको प्रयोग गरेर गुगललगायतका प्लेटफर्ममा खोज्न सक्छ । आज मान्छेको समय र पैसा बचत भएको छ, कामकाज छिटो र सहज भएको छ । मान्छेको जीवन छरितो हुँदा सोच्ने, काम गर्ने शैली बदलिएको छ । सूचना प्रविधिको विकास र विस्तारले मान्छेको जीवनलाई जति सहज र सरल बनाइदिएको छ, त्यसले समाजमा अपराध पनि बढाएको छ । समाजलाई गलत बाटोतिर डो¥याइरहेको छ । सूचना प्रविधिको प्रयोग गरी हुने अपराधले सुरक्षा चुनौती बढाएको छ ।


    विभिन्न सरकारी निकायको वेभसाइट नै ह्याक गरी पैसा माग्ने प्रवृत्ति बढेको छ । अमेरिकामा बसेर नेपालमा अनलाइन जुवा खेलाउने युवा केही दिनअघि अमेरिकाबाट आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिए ।  चिठ्ठा परेको छ, बधाई छ भन्दै प्रलोभनमा पारेर पैसा असुली गर्ने ठूलै गिरोह सक्रिय छ । बैंकबाट फोन गरेको भन्दै ओटिपी कोड मागेर खाताबाट पैसा चोर्ने गिरोह पनि उत्तिकै सक्रिय छ । घरमा पैसा राख्दा चोरी डकैती हुने जोखिम हुन्छ । ढंग नपु¥याउँदा अर्थात् साइबर सुरक्षामा ध्यान नदिँदा बैंकमा राखेको पैसा पनि सुरक्षित छैन । साइबर सुरक्षामा ध्यान दिँदा बैंकमा राखेको पैसा चोरी हुन सक्तैन् ।


    सूचना प्रविधिको विकाससँगै अपराध बढ्न थालेपछि प्रहरीले साइबर अपराध व्यूरो गठन गरी अनुसन्धान अघि बढाउन थालेको छ । प्रहरी सक्रियताले मात्रै साइबर अपराध नियन्त्रण संभव छैन । नागरिकमा डिजिटल साक्षरता आवश्यक छ । डिजिटल सामग्री उपभोग गर्ने, तर त्यसलाई प्रयोग गर्दा ख्याल गर्नुपर्ने विषयप्रति ध्यान नदिने प्रवृत्तिले अहिले समाज साइबर अपराधीको जालोमा परेको  छ  । समाजमा डिजिटल साक्षरता विस्तार गर्नसके साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न संभव छ । कतिपय अवस्थामा हुने अपराधलाई प्रहरीले नियन्त्रणमा लिन सकिहाल्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij