२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शाइन रेसुङ्गा कर्पाेरेट कप र मिडियाकप फुटसल सम्पन्न

शाइन रेसुङ्गा कर्पाेरेट कप र मिडियाकप फुटसल सम्पन्न

शाइन रेसुङ्गा कर्पाेरेट कप र मिडियाकप फुटसल सम्पन्न

शाइन रेसुङ्गा कर्पाेरेट कप र मिडियाकप फुटसल सम्पन्न

शाइन रेसुङ्गा कर्पाेरेट कप र मिडियाकप फुटसल सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १८ २०८१
मंगलवार, चैत्र १८ २०८१
  • बुटवल ।  नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा एफएनजे मिडिया कप तथा शाइन रेसुङ्गा कर्पाेरेट कप फुटसल प्रतियोगिता २०८१ बुटवलमा सम्पन्न भएको छ ।


    दुई दिनसम्म चलेको प्रतियोगितामा मिडिया कपतर्फ विभिन्न मिडिया हाउसहरुको टिमबिच प्रतिस्पर्धा भएको थियो । यसैगरी  महिला पत्रकार टिमहरुको पनि सहभागिता रहेको थियो ।


    प्रतियोगितामा कर्पाेरेटतर्फ १८ टिम प्रतिस्पर्धा गरेकोमा फाइनलमा नेपाल इञ्जिनियर्स एशोसियनसले शंकरनगर खानेपानी उपभोक्ता संस्थालाई ६–१ ले पराजित गर्दै विजयी भएको छ । विजयी टिमले २५ हजार र उप–विजेता टिमले १५ हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । 


    एफएनजे मिडिया कपतर्फ ९ वटा टिम प्रतिस्पर्धी रहेकोमा फाइनलमा ग्लोबल आवज र बुद्ध सामुदायिक टेलिभिजनबिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा ग्लोबल आवाज डटकम ८–२ गोलले  विजयी भएको छ भने  बुद्ध सामुदायिक टेलिभिजन उप–विजेता भएको छ ।     


    विजेता र उप–विजेतालाई बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेले पुरस्कार तथा मेडल प्रदान गरे । महासंघका अध्यक्ष दिनेश पान्डेले आपसी सम्बन्ध प्रगाढ बनाउन प्रतियोगिताले मद्दत पुगेको बताएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij