२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यु होराइजन कलेज  ड्राइभरटोलद्वारा विद्यार्थीलाई शुभकामना र विदाई

न्यु होराइजन कलेज  ड्राइभरटोलद्वारा विद्यार्थीलाई शुभकामना र विदाई

न्यु होराइजन कलेज  ड्राइभरटोलद्वारा विद्यार्थीलाई शुभकामना र विदाई

न्यु होराइजन कलेज  ड्राइभरटोलद्वारा विद्यार्थीलाई शुभकामना र विदाई

न्यु होराइजन कलेज  ड्राइभरटोलद्वारा विद्यार्थीलाई शुभकामना र विदाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १८ २०८१
मंगलवार, चैत्र १८ २०८१
  •  
    तिलोत्तमा । न्यु होराइजन कलेज होराइजन जिविएस ड्राइभरटोल, रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई सम्पन्न गरेका छन् ।  बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको कार्यक्रममा  विज्ञान सङ्काय कक्षा ११ मा अध्ययनरत विद्यार्थी कृतिम भट्टराईको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यबस्थापन कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारी  रहनुभएको थियो । 
    64394479-8af3-48b7-bfcf-1c3a8631123c.jpg
    undefined
    अतिथिका रुपमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा,होराइजन जिविएसका प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, न्यु् होराइजन मातृसंस्थाका उपप्राचार्य बालकृष्ण भण्डारी, राजिव श्रेष्ठ, प्राध्यापक डा। नारायणप्रसाद पन्थ, डा। तारानाथ भट्टराई, प्रदिप अर्याल, प्रकाश घिमिरे, लक्ष्मणप्रसाद गौतम, रुद्र भुसाल क्षितिज इन्टरनेशनल कलेजका उपप्राचार्य राजेन्द्र लम्साल लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक कर्मचारीहरू रहनुभएको थियो । 
     
    प्रमुख अतिथि रमाकान्त तिवारीबाट पानसमा दीप प्रज्ज्वलन गरी सुरु भएको विदाई समारोहमा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई शुभकामना दिनुभएको थियो । प्राचार्यले विद्यार्थीहरूले आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्दै अध्ययन गर्नु पर्ने र यस वर्ष विद्यालय प्रशासन, शिक्षक समूह र विद्यार्थी सबैले आआफ्नो स्थानबाट अत्यन्तै मेहनत गरिएको हुँदा कक्षा १२ को नतिजा ४ जिपिएसहित ऐतिहासिक हुने कुरामा विश्वास व्यक्त गर्नुभयो  । उहाँले यस वर्ष एमविविएस, इन्जिनियरिङ् लगायतका प्रतिस्पर्धा गरी पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुको सङ्ख्या उल्लेख वृद्धि हुने समेत बताउनुभयो ।  
    होराइजन गौतम बुद्ध मा।वि।का अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूले हाम्रा विद्यार्थी महान् पनि बन्नु पर्छ र अशल पनि बन्नु पर्छ भन्दै विद्यार्थी, शिक्षक, कर्मचारी व्यबस्थापक सबैले समयको परिपालनालाई ख्याल गर्ने बानीको विकास सबैले गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले कक्षा १२ को बोर्ड परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई कलेजले गोल्ड मेडलले सम्मान गर्ने समेत बताउनुभयो । 
    मन्तव्य राख्दै बल बहादुर खड्काले विद्यार्थीहरु महान भन्दा पनि अशल हुनु पर्नेमा जोड दिनुभयो । उहाँले होराइजन जिविएसमा अध्ययन गर्ने सबै महान् व्यक्ति होलान् या नहोलान् तर अशल चाहिँ सबै हुनुपर्ने बताउनुभयो ।  
    प्रमुख अतिथिको मन्तव्य राख्दै राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारीले होराइजन गौतमबुद्ध मा।वि। लुम्बिनी प्रदेशमा मात्र नभइ देशकै गहना भएकाले यसको सान जीवन राख्नको लागि र आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने अवसर आएको हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क भई उपस्थित हुनको लागि आग्रह गर्दै गुरुहरुले देखाएको मार्गलाई पछ्याउँदै अगाडि बढेमा जीवनमा कहिले पनि पछाडि फर्कन नपर्नेमा जोड दिनुभयो । 
     
    यसैगरी शुभकामना मन्तव्य राख्दै उपप्राचार्य इन्द्र भुसालले कक्षा १२ को वार्षिक परीक्षाका लागि अत्यन्त मेहनतपूर्वक परीक्षाको तयारी गर्न सुझाउनु भयो । उहाँले होराइजन जिविएसमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरु अनुशासित भएको र विद्यालयले विद्यार्थीको अनुशासनमा सधैं कढाइ गर्दै आएको कुरा स्मरण गर्दै कक्षा १२ को बोर्ड परीक्षाको तयारी उत्कृष्ट होस र नतिजा सबैको उत्कृष्ट आओस भनी शुभकामना दिनुभयो । 
    कार्यक्रममा कक्षा १२ को रशायनशास्त्र, गणित, भौतिकशास्त्र, कम्प्यूटर विज्ञान आदि विषयको परियोजना कार्य ९प्रोजेक्ट वर्क०मा प्रथम द्वितीय एवम् तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयको दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितिय, तृतीय हुने विद्यार्थीहरु लगायत कक्षा ११ र १२ का हरेक सेक्सनबाट प्रथम,द्वितीय एवम् तृतीय हुने विद्यार्थीहरुर्ला पुरस्कार वितरण गरिएको थियो । 
    विद्यालयभन्दा बाहिर सञ्चालित विभिन्न अतिरिक्त व्रिmयाकलापमा प्रथम, द्वितीय एवम् तृतीय हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । यसैगरीे कक्षा ११ र १२ को अध्ययन पछि विभिन्न विधामा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल एवम् गोल्ड मेडल प्राप्त गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । 
    विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई जनही रु।१०,०००।– का दरले सात जना विद्यार्थीलाई होराइजन रत्न पुरस्कारद्वारा सम्मान गरिएको थियो । 
    कराँते खेलबाट जिल्ला, प्रदेश, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिई विभिन्न मेडल सहित गोल्ड मेडल प्राप्त गर्न सफल गौरव पौड्याललाई स्टुडेन्ट अफ द इयर  ९वर्ष उत्कृष्ट विद्यार्थी० को पुरस्कारद्वारा सम्मान गरिएको थियो । 
    कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले गीत तथा नृत्यहरू प्रस्तुत गर्नुका साथै । विद्यालयकै व्याण्ड समूहको प्रस्तुतीसमेत बेजोड रहेको थियो । 
    कार्यक्रमको सञ्चालन झरना भण्डारी, अनुष्का पन्थ र प्रकृती ज्ञवालीले गरेका थिए भने कार्यक्रमको संयोजन अतिरिक्त व्रिmयाकलाप प्रमुख डा। मुरारि पराजुलीले गर्नुभएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij