२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सबैको सहकारीले पायो प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार

सबैको सहकारीले पायो प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार

सबैको सहकारीले पायो प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार

सबैको सहकारीले पायो प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार

सबैको सहकारीले पायो  प्रदेशको  उत्कृष्ट सहकारी पुरस्कार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १९ २०८१
बुधवार, चैत्र १९ २०८१
  • बुटवल । रुपन्देहीको सबैको बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको छ । प्रदेश सरकारको कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशस्तरीय कार्यक्षेत्र भएका ८ सय ४८ सहकारी मध्ये कार्य सम्पादन मूल्याङकनमा सबैको वचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको हो । मन्त्रालयले पल्र्स, सदस्य केन्द्रियता र सुशासनका क्षेत्रमा विभिन्न सूचक निर्धारण गरी संस्थाहरुको सघन मुल्यांकन गरेको थियो । ६८ औं सहकारी दिवसका अवसरमा दाङमा भएको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य र कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीका अध्यक्ष भरतराज भुसाललाई नगद सात हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 
    चार वर्षअघि ११ वटा सहकारी एकीकरण भएर बनेको सबैको सहकारीमा ८ हजार सदस्य छन् । एक अर्ब २८ करोड कूल पूंजि र १० करोड ५० लाख शेयर पुंजी रहेको सहकारीको तिलोत्तमा–५ मा केन्द्रीय कार्यालय सहित ११ वटा सेवा केन्द्र छन् । सहकारीलाई पुरस्कार वितरण गर्दै मुख्यमन्त्री आचार्यले सहकारी संस्थाहरु समाजवादी अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

    सहकारीको विकास र नियमनमा सरकार योजनाबद्ध रुपमा लागेको बताउंदै उनले अन्य प्रदेशबाट प्रवेश गरेका केही सहकारीले समग्र सहकारीको बदनाम गरेको उल्लेख गरे । कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीलाई सही मार्गमा हिंडाउन सरकारले नियमित नियमन गरी कार्यसम्पादन मुल्यांकनका आधारमा असल सहकारी र कमसल सहकारीको वर्गिकरण गर्ने बताए । 
    नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले मोफसलका सहकारीहरु खासै संकटमा नपरेको बरु काठमाडौंबाट आयातित र शक्ति केन्द्रबाट निर्देशित दर्ताकै बहु जिल्ला र बहु प्रदेश कार्यक्षेत्र दिइएका सहकारीहरुमा समस्या भएको औंल्याए । 


    पुरस्कृत सहकारीका अध्यक्ष भरतराज भूसालले सहकारीहरुको कार्यसम्पादन मुल्याङ्कन र सहकारीहरुको बर्गिकरणले राम्रो गर्नेलाई हौसला र कमजोर कार्यसम्पादन भएकालाई सुध्रिने अवसर प्राप्त हुने हुँदा कार्यसम्पादन मुल्याङ्कनलाई निरन्तर र थप प्रभावकारी बनाउन आग्रह गरे । सहकारी संस्थाहरुले अनिवार्य रुपमा  तिर्दै आएको सहकारी प्रवद्र्धन कोषको रकम सहकारी नियमन र कार्य सम्पादन मूल्याङकनमा खर्च गर्न पनि उनले आगह गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij