२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमामा भित्रिए दुई ठूला उद्योग

तिलोत्तमामा भित्रिए दुई ठूला उद्योग

मंगलापुरमा हुलास स्टीलले एच स्पान र हुलास हेरिटेज सीट र सखुवानीमा ग्रेनाइट उत्पादन सुरु गरेका छन् । यहाँ उत्पादन हुँदा उपभोक्ताले सस्तोमा पाउने छन् ।

तिलोत्तमामा भित्रिए दुई ठूला उद्योग

तिलोत्तमामा भित्रिए दुई ठूला उद्योग

मंगलापुरमा हुलास स्टीलले एच स्पान र हुलास हेरिटेज सीट र सखुवानीमा ग्रेनाइट उत्पादन सुरु गरेका छन् । यहाँ उत्पादन हुँदा उपभोक्ताले सस्तोमा पाउने छन् ।

तिलोत्तमामा भित्रिए दुई ठूला उद्योग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २१ २०८१
शुक्रवार, चैत्र २१ २०८१
  • बुटवल
    रुपन्देहीको तिलोत्तमामा एकसाथ दुई ठूला उद्योग भित्रिएका छन् । नेपालकै अग्रणी औद्योगिक घराना हुलास स्टील इण्डष्ट्रिज लि.ले तिलोत्तमा–मंगलापुरमा पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ४३ वर्षदेखि जस्ता पातालगायत स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आएको उद्योगले तिलोत्तमा नगरपालिका मंगलापुरमा २ बिघा क्षेत्रफलमा तीन करोड लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरमा हुलास स्टिलका एच स्पान र हुलास हेरिटेज सीट उत्पादन र बिक्री वितरण हुने कम्पनीका चिफ फाइनान्स अफिसर सुनिल मनोत (जैन)ले बताए । सर्भिस सेन्टरबाट उपभोक्ताले चाहेको साइज र परिमाण ६ घण्टाभित्र डेलिभरी पाउने उनले बताए । 


    रुपन्देहीमा उत्पादन हुने एच स्पान र हुलास हेरिटेज सीटको मूल्य सिमरास्थित मुख्य उद्योगमा उत्पादन भएर आउनेभन्दा सस्तो हुने र अर्डर गरेको ६ घण्टामा डेलिभरी पाइने भएकाले उपभोक्ता लाभान्वित हुने मनोतले बताए ।  तीन दशकदेखि हुलास स्टिलको आधिकारिक बिक्रेता रहेको भट्टराई हार्डवेयस् एण्ड सप्लायर्ससँगको सहकार्यमा सञ्चालनमा आएको सर्भिस सेन्टरको बिहीबार तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरे । 


    सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख खाँणले नेपालकै प्रतिष्ठित उद्योगले तिलोत्तमामा सर्भिस सेन्टर स्थापना गर्नुले यहाँ रोजगारी सिर्जना हुने, व्यवसाय चलायमान हुने र उपभोक्ता समेत लाभान्वित हुने बताए । तिलोत्तमा उदाउँदो नगर भएकाले यहाँ उद्योग, कारखाना, पोल्ट्री फार्म र आवासीय घरहरु बन्ने क्रम बढ्दो दरमा रहेकाले सर्भिस सेन्टर दीगो रुपमा सञ्चालन हुने बताए ।
    रुपन्देही औद्योगिक हब समेत भएकाले यस्ता उद्योगले उत्पादन युनिट सञ्चालनमा ल्याउँदा औद्योगिक र व्यवसायिक वातावरण बन्ने उनले बताए । 


    सर्भिस सेन्टर सञ्चालनमा आउँदा सिमराबाट बुटवलसम्म ढुवानी गर्दा हुने खर्च कटौती हुँदा उपभोक्ताले सस्तो मूल्यमा पाउने हुलासको स्थानीय अधिकृत बिक्रेता हार्डवेयर्स एण्ड सप्लायर्सका सञ्चालक नारायण भट्टराईले बताए ।  
    उपभोक्ताले आफ्नो रोजाइ र साइजमा ४ देखि ६ घण्टाभित्र डेलिभरी पाउने र डिलरहरुले धेरै स्टक राख्नु पर्ने झन्झटबाट मुुक्त हुने उनले जनाए । 


    चाहे अनुसारका ठूला साइजको एच स्पान र हेरिटेज सीट अन्य कर्कटपाताको तुलनामा १५ प्रतिशतसम्म सस्तोहुने भट्टराईको दाबी छ । धेरै ठाउं किला ठोक्नु नपर्ने हुँदा पानी चुहिने समस्यामा शतप्रतिशत कमी आउने कम्पनीको दाबी छ । सो अवसरमा चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले हुलास स्टिलले रुपन्देहीमा पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदा उपभोक्ता र उद्योगी व्यवसायी लाभान्वित हुने बताए ।  


    यस्तै तिलोत्तमा १५ को सखुवानीमा १० करोड लगानीमा ग्रेनाइट उद्योग सञ्चालनमा आएको छ । नेपालमा गे्रनाइट उद्योग नहुँदा छिमकी देश भारतबाट वर्षेनी अर्बौंको आयात गरेर बिक्री वितरण हुँदै आएको छ । पक्की घर÷भवनमा प्रयोग हुने गे्रनाइटको उत्पादन हुने यो उद्योग यस क्षेत्रकै पहिलो हो । तिलोत्तमाका ७ जना उद्योगी व्यवसायीले एभर शाइन ग्रेनाइटस प्रालिमार्फत् गे्रनाइट उद्योग सञ्चालनमा ल्याएका हुन् ।


     तिलोत्तमाका हेमराज पौडेल, भुपाल गिरी, क्षितिज शर्मा, भूमिराज सुवेदी, पदम रेग्मी, तोयानाथ खनाल, राजेश कोठारीले उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगमा अझैँ २ करोड लगानी हुने एभरसाइन ग्रेनाइट्स प्रालिका सञ्चालक हेमराज पौडेले बताए । रुपन्देहीमा गे्रनाइट उत्पादन हुन थालेपछि प्रति स्क्वायरफुट कम्तीमा एक सय रुपैयाँ सस्तो पर्ने उद्योग सञ्चालकहरुले बताएका छन् । उद्योगले अहिले २० जनालाई रोजगारी दिएको छ ।


    गे्रनाइटको कच्चा पदार्थ भने भारतको राजस्थान र हैदराबादबाट आयात हुन्छ । यही चैतको ५ गतेबाट उत्पादन सुरु भए पनि बिहीबार तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले औपचारिक उद्घाटन गर्दै नगरमा भित्रिने उद्योगहरुलाई संरक्षण गर्ने बताए । उद्योगले रोजगारी दिने र आर्थिक चलायमान बनाउने भएकाले सरकारले विद्युत्, सडक र  सुरक्षाका व्यवस्था गर्ने जनाए । 
    तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले राज्यले लगानीमैत्री वातावरण बनाइ दिए नयाँ उद्योगहरु खुल्दै जाने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij