२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आजदेखी बुटवलमा महिला नकआउट फुटबल

आजदेखी बुटवलमा महिला नकआउट फुटबल

आजदेखी बुटवलमा महिला नकआउट फुटबल

आजदेखी बुटवलमा महिला नकआउट फुटबल

आजदेखी बुटवलमा महिला नकआउट फुटबल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र २२ २०८१
शनिवार, चैत्र २२ २०८१
  • बुटवल। बिस पचहत्तर युवा परिवार, बुटवलको आयोजनामा आजबाट बुटवलमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता–२०८१ हुदैछ । चैत ३० गतेसम्म चल्ने  प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लबले जनाएको छ । 


    सिद्देश्वरी लालकुमारी माबिको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिम सहभागी हुदै छन् । 

    प्रतियोगिताको उद्घाटन खेल दिउसो ३ वजे आयोजक बिसपचहत्तर युवा परिवार र सुनवल नगरपालिकाका वीच हुने छ । 


    बुटवल उपमहानगरपालिकाको सहयोग तथा प्रिती चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गरिने मैदानमा दर्शकलाई सहजताका लागि १ हजार जना अट्ने अस्थाई प्याराफिट निमार्ण गरिएको अध्यक्ष सुरेन्द्र थापाले बताएका छन् । प्रतियोगितामा सहभागी हुन आउने टिमहरु बुटवल आइसकेको र टिममा राष्ट्रिय खेलाडीहरु विभिन्न टिमबाट खेल्ने उनले बताएका छन् । 


    बुटवलमा यो स्तरको महिला फुटवल प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको क्लबका सचिव दिपक गुरुङले दावी गरेका छन् । प्रतियोगिता फुटवल प्रेमीहरुले नेपालका चर्चित तथा राष्ट्रिय महिला खेलाडीहरुलाई मैदानमा देख्न पाउने उनको भनाई छ । 


    प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५हजार रुपैयासहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्द करिव २० लाख खर्च हुने अनुमान गरिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij