बुटवल । नेपाली नया वर्ष २०८२ को अवसरमा बुटवल सडक खाना महोत्सव हुने भएको छ।रेष्टुरेन्ट एण्ड बार एशोसियसन संघ रुपन्देही (रेबन) को आयोजनामा कालिकापथ अन्तरगत तिनकुनेदेखि शिवालय मन्दिरसम्म संचालन हुने महोत्सवहरुको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष प्रशन्न कोईरालाले बताए ।
नेपाली नया वर्षमा सडक महोत्सवलाई निरन्तरता दिने कार्यक्रम अन्तरगत चैत ३० गतेबाट १ गतेसम्म ३ दिने कार्यक्रम हुने बताउदै उनले नेपाली मौलिक खानाका परिकार प्रस्तुत गर्ने स्टलहरुलाई निशुल्क ब्यवस्थापन गरिएको उनले बताए।
आर्थिक संकट भएको बेला आन्तरिक पर्यटनलाई बढावा दिने गरि सडक खाना महोत्सवमार्फत पर्यटन चलायमान बनाउने लक्ष्य रहेको अध्यक्ष कोईरालाले बताए।
स्थानीय टोल समितिहरुसंग समन्वय गरि सहकार्यमा कार्यक्रम हुन लागेको बताउदै अध्यक्ष कोईरालाले सास्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुलाई प्राथमिकता दिने बताए। महोत्सवमा ५० स्टलहरु सहभागी हुने जानकारी दिए।
महोत्सवमा खानाका परिकारसंगै मनोरञ्जनका नया नया प्रविधि, कला संस्कृतिलाई समेत अवसर दिएको उपाध्यक्ष लक्ष्मण श्रेष्ठले बताए। फरक ढंगबाट यो चलाउन थालिएको बताउदै उनले स्थानिय सरकारसंग समन्वय गरि सुरक्षा ब्यवस्था चुस्तदुरुष्ट गरिनुका साथै सिसिटिभिबाट समेत निगरानी गरिने जानकारी दिए।
कार्यक्रममा टिक टक च्यालेन्ज समेत आयोजना गरिने बताउदै सचिव अतीत तरामु मगरले सर्वाधिक भ्युज हुने दर्शकलाई गिफ्ट हेम्परबाट पुरस्कृत गरिने उनले जानकारी गराए। बिस २०७८ सालमा स्थापना भएको रेबनमा ९२ जना सदस्यहरु आवद्ध रहेका छन।




