२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता हुदै

आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता हुदै

आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता हुदै

आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता हुदै

आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता हुदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २३ २०८१
आइतवार, चैत्र २३ २०८१
  • बुटवल । भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबले विविध रचनात्मक कार्यक्रम र फुटबल प्रतियोगिता गरि स्वर्ण महोत्सव मनाउने भएको छ । बुटवलमा स्थापित र पुरानो क्लब भुपु सैनिकले ५० औ वर्ष पुगेको अवसरमा आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता २०८१÷२०८२, नया वर्ष २०८२ तथा सास्कृतिक कार्यक्रम र रक्तदान कार्यक्रम समेत गर्ने भएको हो । 

    कार्यक्रममा क्लबका अध्यक्ष गोपीराम पुनले सालघारी क्षेत्रमा पर्व र संस्कृतिका रुपमा रहेको कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए । २०८१ चैत २५ गतेबाट शुरु भएर २०८२ बैशाख १ गते भब्य रुपमा सास्कृतिक कार्यक्रम सहित समापन गरिने उनले बताए । राष्ट्रिय कलाकार सागर आलेसहित छमछमीको कलाकारहरुको प्रस्तुती समेत रहने उनले बताए । 

    स्थानियहरुको सहयोग र खेलप्रेमीहरुको साथले ईतिहास जोगाउने गरि खेलकुद गतिविधिका निरन्तरता दिएको भन्दै उनले भौतिक विकासको योजना ढिलाई हुदा यसबाट समग्र खेल क्षेत्र पछि परेको दुखेसो गरे । ‘भुपु सैनिक क्लबको जबई खेलमैदानको स्तरोन्नती जरुरी छ ।’–उनले भने । नेपाली सास्कृतिक पर्वहरुलाई सदुपयोग गर्दै त्यसबाट संकलन भएको रकमले मैदानको स्तरवृद्धि र वाल उठाउने कामहरु विगतमा भएको उनले बताए ।

    भुपु सैनिक सालघारी समाजको संरक्षकत्व तथा भुपु सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने खेल संयोजक शिव कुमार थापाले बताए । प्रतियोगिताको विजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने उनले बताए ।

    नवलपरासीका दुई र रुपन्देही ६ टिमसहित आठ टिमले भाग लिने उनले बताए । गतवर्ष गोर्खा ब्याईज क्लब विजेता रहेको थियो । १९ लाख रुपैया खर्च हुने अनुमान छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij