२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रवि पक्राउमा प्रहरी सक्रियता

रवि पक्राउमा प्रहरी सक्रियता

रवि पक्राउमा प्रहरी सक्रियता

रवि पक्राउमा प्रहरी सक्रियता

रवि पक्राउमा प्रहरी सक्रियता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र २४ २०८१
सोमवार, चैत्र २४ २०८१
  • उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए लगत्तै पक्राउमा प्रहरी सक्रियतासँग केही प्रश्न उठेका छन् । अदालतको आदेश लगत्तै पक्राउमा प्रहरी सक्रियतामा उठेका कतिपय प्रश्न जायज र स्वभाविक छन्, कतिपय सामाजिक सञ्जालको खपतका लागि उठाइएको छ ।


    रूपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले रविलाई धरौटीमा छाड्न नमिल्ने भन्दै जिल्ला अदालतको आदेश उल्टाएर पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । अदालतको आदेश आए लगत्तै प्रहरीले सक्रियतापूर्वक अदालतको आदेश कार्यान्वयन ग¥यो । प्रहरीले कहाँ, कसरी पक्राउ ग¥यो भन्ने प्रश्नमा कानुनी आधारभन्दा राजनैतिक स्टण्डका लागि उठाइएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पूवडीआइजी छविलाल जोशीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो । । एउटै कसुरमा रविलाई धरौटीमा छाड्ने र छविलाई थुनामा पठाउने आदेशप्रति चौतर्फी प्रश्न उठेको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सच्चाएको छ । अहिले चर्को प्रश्न उठेको विषय हो, पक्राउ गर्न गएका प्रहरी अधिकृतले सोधेको प्रश्न बारे । पक्राउ गर्न गएका प्रहरी अधिकृतले अब तपाईंको अन्तिम इच्छा के छ भनेर सोधे । त्यो प्रश्नप्रति तत्काल प्रतिवाद भएपछि पक्राउ हुनुअघि केही छ कि भन्ने आशय रहेको प्रहरी अधिकृतले बताएका छन् । भुलसुधार गरिसकेकाले त्यो प्रश्न पनि ठूलो होइन्, तर सामाजिक सञ्जालमा कतिपय सवाल गम्भीर बन्नसक्छन् भन्ने हेक्का प्रहरीलाई नहुनु कमजोरी हो । पूर्व गृहमन्त्रीलाई पक्राउ गर्न जाने प्रहरी अधिकृत परिपक्क शैलीमा जानुपर्छ भन्ने प्रहरी संगठनले हेक्का राख्नुपर्छ, जुन हेक्का राखेको पाइएन् । अदालतको आदेश लगत्तै जाँदा आदेशको प्रतिलिपी, पक्राउ पुर्जी खोज्न सक्छन् भन्ने हेक्का नहुनु प्रहरीको कमजोरी हो । यद्यपी आदेश आइसकेपछि प्रहरीले पक्राउ गर्न सक्छ । केही दिनअघिको राजावादी आन्दोलनमा दुर्गा प्रसार्इंलाई पक्राउ गर्न चुक्दा प्रहरीप्रति नै प्रश्न उठेपछि प्रहरी सर्तक भएको हुनसक्छ । दुर्गा जसरी प्रहरीलाई छलेर भागे, रवि भाग्न सक्ने संभावना न्यून थियो । अदालतले धरौटीमा छाडेका व्यक्ति भाग्ने संभावना न्यून हुन्छ । प्रहरीलाई जुन हतारो भयो, त्यसअनुसार आवश्यक कागजपत्र तयार नगर्नु र बोली व्यवहारमा हेक्का नराख्दा प्रहरी संगठनको भूमिकामाथि नै प्रश्न उठेको छ  ।


    यी घटनाबाट सुधार गर्नुपर्ने विषयलाई गृहप्रशासन र प्रहरी संगठनले सहजै सुधारको बाटोमा लाग्नुपर्छ । कतिपय उठेका जायज प्रश्नलाई सहजै स्वीकार गरी सुधार गर्दा प्रहरीप्रतिको विश्वसनीयता र भरोसा बढ्ने हो । एउटै कसुरमा रवि र छविलाई फरक–फरक आदेशलाई उच्च अदालतले सच्चाएर कानुन सबैलाई बराबर भन्ने सन्देश दिएको छ । यो सँगै कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि र गरिसकेपछि पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड सबैका हकमा बराबर हुनुपर्छ भन्ने पनि सिकाइ कार्यान्वयन हुनुपर्छ । मापदण्ड बनाएर व्यवहारमा लागू गर्न गृहमन्त्री भएका बेला रविले पनि चासो दिएनन्, उनले पनि कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई रातारात जनकपुर पु¥याएका थिए, त्यही शैलीमा उनलाई पक्राउ गरेर प्रहरीले भैरहवा पु¥यायो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij