२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

८ महिनामा ७ अर्ब २८ करोड बढी राजस्व संकलन

८ महिनामा ७ अर्ब २८ करोड बढी राजस्व संकलन

८ महिनामा ७ अर्ब २८ करोड बढी राजस्व संकलन

८ महिनामा ७ अर्ब २८ करोड बढी राजस्व संकलन

८ महिनामा ७ अर्ब २८ करोड बढी राजस्व संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, चैत्र २४ २०८१
सोमवार, चैत्र २४ २०८१
  • भैरहवा
    आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ८ महिनामा ७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले ८ महिनामा वार्षिक लक्ष्यको ९०.०५ प्रतिशत राजस्व संकलन गरेको हो ।


    उक्त कार्यालयलाई राजस्व विभागले ८ अर्ब ९ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो । विगतका केही वर्षमा आन्तरिक राजस्व संकलनमा विभागले असुली गर्न दिएको लक्ष्य पूरा गर्न असफल भएको राजस्व कार्यालय भैरहवाले शत प्रतिशत संकलन गर्न नसकेता पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतमाथि राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताए ।


    मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले चालु आवको ८ महिनामध्ये भदौ, असोज र फागुनमा राजस्व विभागद्वारा तोकिएअनुसारको राजस्व संकलन गरेको छ भने अन्य महिनामा पनि उल्लेखनीय रूपमा राजस्व संकलन गरेको पोखरेलले जानकारी दिए ।


    कार्यालयले फागुनमा विभागले दिएको ९४ करोड ६ लाखको लक्ष्यमा ९४ करोड ६२ लाख संकलन गरेको छ । यो लक्ष्यको १००.६० प्रतिशत हो । गत आवको फागुन महिनामा संकलित राजस्वसँग तुलना गर्दा चालु आवको फागुनमा २०.८० प्रतिशत अर्थात् १६ करोड २९ लाख रुपैयाँ बढी हो । कार्यालयले चालु आवको ८ महिनामा आयकरतर्फ १ अर्ब ३ करोड २१ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २६ करोड २३ लाख, अन्तशुल्कबापत ४ अर्ब ८५ करोड ६७ लाख संकलन गरेको छ ।


    बजार अनुगमन, करको दायरामा नआएका र छुटेकाहरूलाई दायरामा ल्याउने, आमसर्वसाधारणमा कर शिक्षा प्रवाह, कर छल्नेलाई कारबाही, कर बक्यौता असुलीलगायतका काममा समेत कार्यालयको टिम लाग्दा राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताए ।


    ‘अहिले सबैमा करबारे बुझाउनु पर्छ । करको दायरामा जानु पर्छ भन्ने भावना आम नागरिकमा देखिएकाले पनि सबैमा करको सचेतना बढ्दै गएकोले राजस्व संकलनमा सुधार भएको हो ।’– 


    उनले भने । राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रूपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको ५ देखि १७ सम्म, देवदह नगरपालिकाको–१, २, ३, ४, ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैँडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij