२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल  कुन अदृष्य शक्तिले चल्न दिएन ? :  निजी क्षेत्र

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल  कुन अदृष्य शक्तिले चल्न दिएन ? :  निजी क्षेत्र

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल  कुन अदृष्य शक्तिले चल्न दिएन ? :  निजी क्षेत्र

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल  कुन अदृष्य शक्तिले चल्न दिएन ? :  निजी क्षेत्र

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल  कुन अदृष्य शक्तिले चल्न दिएन ? :  निजी क्षेत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्विनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बांकी नराखेको दावी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ । 

    निजी क्षेत्रका लुम्विनी प्रदेश स्तरीय संघसंस्थाहरुले सोमबार संयुक्त बक्तब्य जारी गर्दै ‘कुन अदृष्य शक्तिले लुम्विनी प्रदेशको सम्मृद्धिको आधारको रुपमा स्थापना भएको गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ?,त्यस्ता अवरोधहरु छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?’ भन्दै उनीहरुले सरकारलाई प्रश्न गरेका छन् । 

    विज्ञप्तिमा विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भनेपनि सरकारले अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालयहरु भैरहवामा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि जनाइएको छ । वैदेशिक रोजगारीमा जान चाहाने श्रमिकहरुका लागि म्यानपावर कम्पनीका कार्यालयहरु र श्रम तथा स्वास्थ्य परिक्षण कार्यालयहरुको  स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटक पटक आग्रह गर्दा पनि सुनुवाई हुन नसकेको भन्दै उनीहरुले विमानस्थलको दूरावस्था देखेर निजी क्षेत्र चिन्तित भएको उल्लेख गरेका छन् । 

    विमानस्थल निर्माण शुरु भएसंगै उत्साहीत भएर सरकारकै आब्हानमा यस क्षेत्रका पर्यटन ब्यवसायीहरुले गरेको ५० अर्व भन्दा बढीको लगानी जोखिममा रहेको भन्दै उनीहरुले विभिन्न बहानामा निजी क्षेत्रलाई  पटक पटक निराश बनाउने काम नगर्न चेतावनी दिएका छन्। नियमित यात्रु पाउंदा पनि कतिपय वायुसेवा कम्पनीहरुले उडान कटौती गरेको सुनिएकाले त्यस्तो किन भएको हो र कटौती भएका उडानहरु पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुको कारण पनि माग गरेका छन् । 

    विज्ञप्तिमा नेपाल चेम्वर अफ कमर्स लुम्विनीका अध्यक्ष टंक पोखरेल,नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा,उद्योग परिसंघ लुम्विनी प्रदेशका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गणेशप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij