२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चुनौतीलाई अवसरमा बदल्ने मौका

चुनौतीलाई अवसरमा बदल्ने मौका

चुनौतीलाई अवसरमा बदल्ने मौका

चुनौतीलाई अवसरमा बदल्ने मौका

चुनौतीलाई अवसरमा बदल्ने मौका
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • अर्थमन्त्री विष्णु पौडेलले आगामी आबको बजेट निर्माणका बारेमा आन्तरिक छलफल चलाइरहेका छन् । राजस्व संकलनमा संकुचन आएको र वैदेशिक अनुदान कटौती भएको बेला सरकारसँग स्रोत सीमित हुँदै गएको छ । स्रोत सीमित भएका बेला तहगत सरकारलाई आवश्यक बजेट पु¥याउन हम्मेहम्मे परेको छ । यही बेला अर्थमन्त्रीका सामु बजेट निर्माणमा नयाँ अवसर आएको छ । अर्थमन्त्रीले सीमित स्रोत देखाएर बजेटलाई संघीयताको मर्मअनुसार ल्याउन सक्छन् ।  बजेट कनिका छरेझैं छरेर प्रतिफल नदिने आयोजनालाई कटौती गर्न सक्छन् ।


    बजेट कर्मकाण्डी दस्ताबेज मात्रै होइन । यो देशको आम्दानी र खर्चको फाँटबारी मात्रै नभई देशलाई आर्थिक विकासका लागि मार्ग निर्देश गर्ने दस्ताबेज हो । रोजगारी श्रृजना, उद्यमशिलताको विकास र नागरिकको आय बढाउने विषय बजेटमा समेटिंदा आम नागरिकले बजेटप्रति अपनत्व लिनसक्छन् । मुलुकको राजनैतिक परिर्वतनपछि आम नागरिकको विकासप्रतिको आकांक्षा पूरा गर्ने अभिभारा यो सरकारसँग छ । चुलिदो नागरिकको अपेक्षा पूरा गर्न तहगत सरकारबिच समन्वय र सहकार्य जति आवश्यक छ, स्रोतको व्यवस्थित परिचालन र खर्च उत्तिकै ध्यान दिएर विकासको प्रतिफल निकाल्नुपर्छ । यद्यपी अहिले तहगत सरकारबिच व्यवहारिक ढंगले सहकार्य फितलो छ । 


    मुलुकमा संघीय शासन प्रणाली स्थापना भएको सात वर्ष बित्यो । राजनैतिक नेतृत्व शासन प्रणालीअनुसार आयो, तर वित्तीय स्रोतको बाँडफाँट केन्द्रीकृत मानसिकता हट्न सकेको छैन । स्थानीय र प्रदेश सरकारले कार्यान्वयन गर्ने योजनाको लागि पनि संघीय सरकारले बजेट विनियोजन गर्ने प्रवृत्ति हावी छ  । टोलमा पुग्ने बाटो, मठमन्दिर निर्माण र मर्मत तथा साना सिँचाइ र खानेपानी आयोजनाका लागि संघीय सरकारले टुक्रे बजेट विनियोजन गर्ने प्रवृत्ति हट्न सकेको छैन ।


    स्थानीय र प्रदेश सरकारको बजेटको प्रमुख स्रोत संघीय सरकारले दिने अनुदान हो । एकातिर संघीय सरकारले स्थानीय र प्रदेश सरकारले सञ्चालन गर्ने विकास आयोजनाका लागि बजेट विनियोजन गर्ने अर्कोतिर स्थानीय र प्रदेशलाई बजेट दिनुपर्ने भएकाले स्रोतमाथि चाप पर्दै आएको छ । सांसदको चित्त बुझाउनका लागि स्थानीय पूर्वाधार विकास कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । स्रोत सीमित भएका बेला प्रतिफल दिने आयोजनाका लागि बजेट कटौती गर्ने अवसरलाई उपयोग गर्न अर्थमन्त्रीले सक्नुपर्छ । प्रदेश र स्थानीय तहले गर्नुपर्ने काम पनि संघीय सरकारले गर्दै आएकाले त्यस्ता आयोजना र बजेट प्रदेश र स्थानीय तहलाई पठाएर संघीय सरकारले अनावश्यक बोझ हटाउनुपर्छ ।


    संघीय शासन प्रणालीको मर्म राजनैतिक नेतृत्व मात्रै स्थापित हुने होइन् । तहगत सरकारले योजना छनौट, बजेट विनियोजन र कार्यान्वयनका सवालले राजनैतिक प्रणालीलाई संस्थागत गर्ने वा नगर्ने निर्धारण गर्दछन् । अहिले संघीय शासन प्रणालीप्रति प्रश्न उठ्नुको कारण संवैधानिक प्रबन्ध अनुसार यो प्रणालीलाई मजबुत बनाउने गरी संघीय सरकारले वित्तीय प्रबन्ध नगर्दा हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij