२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षामा न्यू होराइजनको विशिष्ट स्थान : राष्ट्रिय परीक्षा बोर्ड प्रमुख

शिक्षामा न्यू होराइजनको विशिष्ट स्थान : राष्ट्रिय परीक्षा बोर्ड प्रमुख

शिक्षामा न्यू होराइजनको विशिष्ट स्थान : राष्ट्रिय परीक्षा बोर्ड प्रमुख

शिक्षामा न्यू होराइजनको विशिष्ट स्थान : राष्ट्रिय परीक्षा बोर्ड प्रमुख

शिक्षामा न्यू होराइजनको विशिष्ट स्थान  :  राष्ट्रिय परीक्षा बोर्ड प्रमुख
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • बुटवल । न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूलले कक्षा १२ को परीक्षा दिने तयारी रहेका विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना सहित विदाई गरेको छ ।

     कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रोमाकान्त तिवारीले निरन्तर उत्कृष्ट नतिजाका साथ शिक्षामा न्यू होराइजनले राष्ट्रमै विशिष्ट स्थान बनाएको बताए । शैक्षिक नतिजासंगै खेलकुद र अतिरिक्त क्रियाकलाप, अनुशासन, नैतिकतायुक्त असल संस्कारमा न्यू होराइजनका विद्यार्थी अब्बल रहेको तिवारीले चर्चा गरे । उनले

    विद्यार्थीलाई परीक्षामा आत्मविश्वासका साथ उत्तर लेखेर उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए । नेपालका विद्यालयमा पढेका विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उनले बताए ।

    विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले देशको शैक्षिक विकासमा होराइजनको ठूलो योगदान रहेको बताए । पढाइसँगै संस्कार र अनुशासनयुक्त जनशक्ति उत्पादनलाई विद्यालयले जोड दिएको उनले बताए । क्षमतावान् विद्यार्थी अब अवसरको खोजीमा विदेश होइन स्वदेशमै भविष्य खोज्नुुपर्ने प्राचार्य उपाध्यायले बताए । 

    683f4065-a71e-4eef-9f01-6b305bdc3a64.jpg
    undefined


    अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली र अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले विद्यार्थीहरुलाई उच्च शिक्षा नेपालमै पढ्न र स्वदेशमै भविष्य खोज्न आग्रह गरे ।

    विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले शैक्षिक गुणस्तरसंगै विद्यार्थीको चौतर्फी विकासमा संस्थाले कुनै सम्झौता नगरी लगानी गरेको बताए । न्यू होराइजन संस्था अन्तर्गत १२ कक्षा माथिको उच्च शिक्षा क्षितिज इन्टरनेसनल कलेज र बुटवल मोडेल कलेजमा  पढ्न सकिने जानकारी गराए ।

    अध्यक्ष कसजूले समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको अग्रणी भूमिका हुने उल्लेख गर्दै संस्थाले छिटै पत्रकारिता पुरस्कार स्थापना गरी वितरण गर्ने प्रतिवद्धता जनाए । 

    कार्यक्रममा कक्षा १२ विज्ञान संकायका विद्यार्थी राहुल खड्काथोकी र व्यवस्थापन संकायका  सुशान्त ज्ञवालीले न्यू होराइजनमा उत्कृष्ट शैक्षिक र पारवारिक तथा संस्कारयुक्त वातावरण रहेको बताए ।

    कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल मोडेल कलेजका प्राचार्य नेत्र बश्याल, क्षितिज इन्टरनेशनल कलेजका सहप्राचार्य राजेन्द्र लम्साल, विद्यालयका प्लस टु व्यवस्थापन संकाय संयोजक प्रकाश खनाल,प्रकाश गौतम लगायतले आआफ्नो भनाई राख्दै शुभकामना व्यक्त गरे । 


    साथै सोही अवसरमा अतिरिक्त क्रियाकलाप तथा विद्यालयले सञ्चालन गरेका परिक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई राष्ट्रिय परीक्षा बोर्डका प्रमुख तिवारी, अध्यक्ष कसजू, उपाध्यक्ष निर्मल लाकौल, कोषाध्यक्ष रामेश्वर श्रेष्ठ,प्राचार्य उपाध्याय, उप प्राचार्यहरु  बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजीव श्रेष्ठ लगाउतले पुरस्कार वितरण गरे । कार्यक्रममा विद्यार्थीहरुले आआफ्ना सांस्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij