२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी केबलकार  चैत २७ र २८ गते  बन्द हुने

लुम्बिनी केबलकार  चैत २७ र २८ गते  बन्द हुने

लुम्बिनी केबलकार  चैत २७ र २८ गते  बन्द हुने

लुम्बिनी केबलकार  चैत २७ र २८ गते  बन्द हुने

लुम्बिनी केबलकार  चैत २७ र २८ गते  बन्द हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • बुटवल । नियमित मर्मत सम्भारका लागि लुम्बिनी केबलकार दुई दिन बन्द हुने भएको छ ।

     लुम्बिनी केबलकार लि.ले मंगलबार एक सूचना जारी गर्दै चैत २७ र २८ गते  केबलकारको सेवा  सञ्चालन नहुने सर्वसाधारणमा जानकारी गराएको हो । हरेक ४–४ महिनामा मर्मत सम्भार गर्नुपर्ने तालिका अनुसार मर्मत सम्भारका लागि  दुई दिन सेवा बन्द रहने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।

    ‘‘केही समस्या भएर वा बिग्रेर नभई विश्वविख्यात अष्ट्रियन कम्पनी डुपलमायरको नियम अनुसार केबलकारलाई सधैं ठीक राख्न र सुरक्षित बनाउन तालिकामा तलमाथि नगरी मर्मत गर्ने गरेका छौं’–अपरेसन म्याजेनर कायस्थले बताए ।  चैत २९ गते बिहान ९ बजेबाट सेवा पुर्ववतरुपमा सुचारु हुने कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए  । 


    आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको लगानीमा निर्माण भई २०८० जेठ १५ गतेबाट सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केवलकार हो । सय वर्ष पुरानो इतिहास भएको विश्वविख्यात डुपलमायर कम्पनीबाट निर्मित अत्याधुनिक प्रविधिका केबलकार  विश्वका विभिन्न देशमा १५ हजार बढी संख्यामा सञ्चालनमा छन् ।

    डुपलमायरले यात्रुको सुरक्षालाई सधैं पहिलो प्राथमिकतामा राखेर आफ्ना केबलकार चलेका कम्पनीहरुलाई मर्मत सम्भारको समय तालिकामा कुनै सम्झौता नगर्न निरन्तर निगरानी र निर्देशन गर्दछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij