२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कतारविरुद्ध नेपालको सहज जित

कतारविरुद्ध नेपालको सहज जित

कतारविरुद्ध नेपालको सहज जित

कतारविरुद्ध नेपालको सहज जित

कतारविरुद्ध नेपालको सहज जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र २६ २०८१
बुधवार, चैत्र २६ २०८१
  • काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपाली क्रिकेट टिमले सहज जित निकालेको छ । नेपालले बुधबार भएको पहिलो खेलमा कतारविद्धर आठ विकेटको सहज जित निकालेको हो । हङकङको मोङ कोकमा भएको खेलमा कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपाली टिमले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले आक्रामक सुरुआत गरेका थिए । भुर्तेलले १९ बलमा चार चौका र तीन छक्कासहित ३८ रन बनाउँदा आसिफ सेखले २१ बलमा चार छक्कासहित ३३ रन बनाए । 

    यी दुईले पहिलो विकेटका निम्ति ५.४ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । यस्तै, कप्तान रोहितकुमार पौडेलले ३७ र बसिर अहमेदले ३० रन थपे ।  कतारका मुजिब–उर–रेहमानले दुई विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङमा आएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो ।  कतारका कप्तान इक्रामुल्लाह खानले ५४ रन बनाए । साहजैब जमिलले ३१, मुजिब–उर–रेहमानले २० र मोहम्मद इर्सादले १८ रन थपे । 

    नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललितनारायण राजवंशीले समान एक विकेट हात पारे । नेपाली राष्ट्रिय टिमबाट नन्दनको यो ‘डेब्यू’ खेलसमेत हो । नेपालले अब बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij