२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रणालीप्रति अपनत्व जगाउने बेला

प्रणालीप्रति अपनत्व जगाउने बेला

प्रणालीप्रति अपनत्व जगाउने बेला

प्रणालीप्रति अपनत्व जगाउने बेला

प्रणालीप्रति अपनत्व जगाउने बेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २८ २०८१
शुक्रवार, चैत्र २८ २०८१
  • संघीय शासन प्रणाली स्थापना भएपछि स्थानीय तह नागरिकको घरदैलोको सरकार हो । संविधानले स्थानीय तहलाई सेवा प्रवाहको केन्द्र मानेको छ । संवैधानिक प्रबन्धअनुसार, प्रदेश सरकार मझौला विकास आयोजना अघि बढाउने तथा स्थानीय र संघीय सरकारबिच पुलको काम गर्ने सरकार हो ।  संघसरकारलाई वैदेशिक सम्बन्ध कायम गर्दै ठूला विकास आयोजना अघि बढाउने जिम्मेवारी छ । संघीय शासन प्रणालीको मर्म भनेको तहगत सरकारबिच समन्वय र सहकार्य हो ।


    तहगत सरकारबिच समन्वय र सहकार्यको अभावले कतिपय समस्या आएका छन् । जसले सेवा प्रवाहमा समस्या आएको छ । विकासको प्रतिफल पाउन कठिन भइरहेको छ । कतिपय कानुन नबन्दा स्थानीय र प्रदेश सरकारलाई अप्ठ्यारो भएको  छ । संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयनमा असहज भएको छ । संघीय निजामति ऐन नबन्दा लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश निजामति ऐन कार्यान्वयन हुन सकेको छैन । संघीय निजामति ऐनको अभावले प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्तिमा समस्या भएको छ । संघीय प्रहरी ऐन नबन्दा प्रदेशमा प्रहरी समायोजन कठिन भएको  छ । प्रदेशको शान्ति सुरक्षाको जिम्मा संविधानले प्रदेशलाई दिएको छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालयको कामको दायरा फराकिलो बन्न सकेन् ।


    संघीय शासन प्रणाली नागरिकका इच्छा आकांक्षालाई छिटो पूर्ति गर्नका लागि हो । विकासको प्रतिफल छिटो उपलब्ध गराउनका लागि हो । आम नागरिकले शासन प्रणालीप्रतिको अपनत्व तहगत सरकारबिच हुने समन्वय र सहकार्यले मात्रै हुन सक्छ । तहगत सरकारका एकल अधिकार र साझा अधिकारका सूची छन् । साझा अधिकारका सूची कार्यान्वयनमा समन्वय र सहकार्य जति आवश्यक छ, एकल अधिकारका सूची कार्यान्वयनमा पनि उत्तिकै आवश्यक छ ।


    बेलैमा कानुन नबन्दा अहिले शिक्षक आन्दोलनमा छन् । शिक्षा ऐन बेलैमा बनेको भए शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा जाने थिएनन् । गुठी ऐन नबन्दा मोही किसानका वर्षांैदेखिका समस्या छन् । उनीहरु पनि आन्दोलनमा छन् । आन्दोलन नगरी कानुन बन्दैन भन्ने मानसिकता हावी हुने हो भने  कानुनका लागि निरन्तर आन्दोलन हुन्छन् । संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण संसदको प्राथमिकतामा किन परेन ? लामो समयदेखि संसद पुगेका विधेयक किन अघि बढ्न सक्तैनन् ? कानुन निर्माणका लागि सरकारले लिएको पहलकदमी किन कामयावी हुन सकेन् ? यी प्रश्नको उत्तर खोज्दै अघि बढ्दा नै व्यवस्था विरोधी माहौल कमजोर बन्छ । संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन नबन्दा संघीय शासन प्रणाली संस्थागत हुन सकिरहेको छैन । संविधान कार्यान्वयनलाई सहज बनाउने कानुनले हो । व्यवस्था विरोधीलाई कमजोर बनाउने संविधानको प्रभावकारिता बढाएर नै हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij