२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फेरि पनि सावधान बनौं

फेरि पनि सावधान बनौं

फेरि पनि सावधान बनौं

फेरि पनि सावधान बनौं

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, चैत्र २८ २०८१
शुक्रवार, चैत्र २८ २०८१
  • कुनै बेलाका दुई चर्चित सञ्चारकर्मी रवि लामिछाने र रविन्द्र मिश्र अहिले सरकारी कारागार र प्रहरी हिरासतमा छन् । रवि लामिछाने सहकारी रकम ठगी मुद्दामा रुपन्देहीको भैरहवा जेलमा छन् भने रविन्द्र मिश्र गत चैत १५ को तोडफोड, लुटपाट र आगजनी घटनाको छानविनका लागि गिरफ्तारीमा परेका हुन् । रवि कुनै बेला नेपाल छोडी अमेरिकामा बस्दै आएका थिए भने रविन्द्र बीबीसी नेपाली सेवामा कार्यरत बेलायतमा बस्दै आएका थिए । दुवैको पहिलो मुख्य पेशा मिडियाकर्मीमा आधारित थियो । दुवैको समाचार प्रस्तुति अत्यन्त आकर्षक र जोडदार रहने गरेको थियो । त्यसैले यी दुवै छोटो समयमै आम जनताका लागि अत्यन्त प्रिय पात्र बन्न सफल भए । तर एकाएक यी दुवै मिडिया छोडी राजनीतिमा सक्रिय भए । दुवैले कथित वैकल्पिक शक्तिको नाममा दुई अलगअलग पार्टी पनि निर्माण गरे । संसदीय निर्वाचनमा पनि सहभागी भए । अहिले पछिल्लो कालमा भने रविन्द्र पुराना पञ्चे, मण्डले र दरबारियाहरुको पुरानो दल राप्रपामा प्रवेश गरी त्यसको वरिष्ठ उपाध्यक्ष भइबसेका छन् । तर रवि लामिछाने भने आफ्नै दल रास्वपाका सभापति भई पटकपटक यो देशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत भई आएका छन् ।

    तर विडम्बना आज यी दुवै फौजदारी अपराध मुद्दामा गिरफ्तार र थुनुवामा छन् । चोक्टा खान आएकी बुढी झोलमा डुबी भने जस्तै मिडिया जगतबाट नाम दाम सबै कमाउँदै आएका यी दुवै आज यही राज्य व्यवस्थाको आहालमा आई डुब्ने अवस्थामा छन् ।
    रवि लामिछानेको गिरफ्तारी र थुनुवा वा त्यस्तै रविन्द्र मिश्रको गिरफ्तारी र छानविनबारे अहिले विभिन्न टिकाटिप्पणी हुने गरेको छ । व्यक्तिको मानव अधिकार हनन भएको र व्यक्तिगत पूर्वाग्राही साधेको आदि भन्दै मानव अधिकार आयोगमा समेत उजुरी गरिएको छ । कुन त्यस्तो राज्य सत्ता छ जसले अपराधीलाई दया माया गरी राखिरहने । यो कथित मानवअधिकार आयोग पनि यही राज्य सत्ताकै एउटा निकाय हो । जसले पीडितहरुलाई न्याय दिन्छ भन्ने के ग्यारेन्टी छ ? तैपनि केही दिन मन शान्त र भूल्याउन घण्टी पार्टीका नेताहरुले आयोगमा गई बिन्ती भाउ बिसाएर राम्र्रै भयो । राजनीति भनेकै हिंसा र वर्ग संघर्ष हो । हरेक राज्य सत्ताको विजारोपण र जन्म नै हिंसाबाट नै भएको हो । त्यसैले कसरी हिजो रवि र मिश्रले राजनीतिलाई बुझेर सञ्चारमिडिया जगतलाई छोडी यहाँ आए बल्ल अहिले बुझ्दैछन् । राजनीति भनेको के रहेछ ? यो सामन्ती, दलाल, नोकरशाही र बुर्जुवा राज्य व्यवस्था र सत्ता हो जहाँ अनेक खाले षड्यन्त्र, जालझेल, दमन, अन्याय, अत्याचार र हिंसा हुनु स्वाभाविक नै छ । हिजो रविलाई प्रधानमन्त्रीको अफर गर्ने कांग्रेसी अनि हिजो उपप्रधानमन्त्री र गृहमन्त्री नै बनाउने यतिसम्मकी दुनियाँले रवि सहकारी ठग भनी छानविन आयोगको माग गरिरहँदा त्यसको विरोध गरी रवि निर्दाेष ठान्ने प्रम ओली आज एकाएक उनकै विरुद्ध जाई लाग्दै अन्ततः उनलाई जेलमै हाल्न सफल भएका छन् । त्यसैले यस्तो राज्य व्यवस्थाअन्तर्गत राजनीति गर्ने भनेको त्यस्तै हो जहाँ अनेक जालझेल, षड्यन्त्र, हत्या, हिंसा र दमन हुन्छ । जबसम्म समाजमा वर्ग रहिरहन्छ त्यहाँ यस्तो वर्ग संघर्ष चलिरहन्छ । त्यसैले क. माओ भन्छन्–राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ । जुन दृश्य गत चैत १५ मा तिनकुने क्षेत्रमा देखियो । यही चैत १५ कै हिंसालाई लिएर रविन्द्र मिश्र र सांसद धवल समशेरलगायत केहीलाई सरकारले गिरफ्तार गरी छानविन गरी मुद्दा चलाउँदै छ । तर यस घटनाका मुख्य नायक पूर्व राजा ज्ञानेन्द्रलाई भने अहिले समेत सरकारले केही गर्न सकिरहेको छैन । 


    यसका अर्का नायक तथा त्यसका कमाण्डर दुर्गा प्रसाईं भने फरार भएको भनिदैछ । दुर्गा आफँै फरार भएका होइनन् फरार गराइएका छन् । सयौं प्रहरीको घेरा तोडी प्रहरीमाथि जाइलाग्ने त्यस्ता कमाण्डरलाई तत्काल प्रहरीले नसामती त्यतिकै छोडिदिने भनेको प्रहरी प्रशासनको नालायकपनको उपज हो । हुनतः स्वयं प्रसाईं नै कतैबाट सञ्चालित भएका हुनाले पनि प्रहरी प्रशासन अलि हच्केको हुुनुपर्दछ । पूर्व राजा ज्ञानेन्द्र र योगी आदित्यनाथको असली चेलो यतै निर्मल निवासमा आराम गरिरहेका छन् कि उता भारत उत्तर प्रदेशका मुख्य मन्त्री निवासमा बसी त्यहीबाट नेपालमा हिन्दूराज्य र राजा पुनस्र्थापन गराउने सपना बाँडिरहेका पो छन् कि ? जसरी हुन्छ सरकारले उनलाई गिरफ्तार गरी तत्काल मुद्दा चलाउनै पर्छ । नत्र भने सरकारको यस्तो नालायकी पनको पर्दाफास हुँदै जानेछ । 


    यहाँ उक्त हिंसात्मक आन्दोलनको मुख्य नेतृत्वकर्ता पूर्व पञ्चे नवराज सुवेदीलाई सरकारले आफ्नै घरमा नजरबन्द गरिएको भनिएको छ । तर त्यस्ता व्यक्तिलाई तत्काल गिरफ्तार नगरी घरमै राखिराख्नु अर्काे सरकारकोे कमजोरी हो । औलो दिँदा डुडुल्लो नै निलिसक्दा पनि अझैँ सरकार ज्ञानेन्द्र र नवराजप्रति किन यति धेरै उदार बनिरहेको छ ? जनताहरुले प्रश्न उठाउन थालेका छन् । एकातिर प्रसाईंलाई फरार हुन दिनु भने अर्काेतिर  ज्ञानेन्द्र र नवराजलाई अहिलेसम्म त्यत्तिकै छोडिराख्नु यो सरकारको कायरपन हो । कुरा गरेर मात्र हुन्न एक्सनमै जानु पर्दछ । सरकारले यो तिनकुने हिंसाका मुख्य दोषी पूर्व राजा ज्ञानेन्द्र अनि नवराज र दुर्गा प्रसाईं भएको भनी निर्णय गरेको १५ दिन पूरा भइसक्दा पनि अहिलेसम्म यिनीहरुलाई केही नगरी बसिरहनु, खाली मिश्र र धमल समशेरमा मात्र केन्द्रित हुनु आफैँमा शंका देखिंदैछ । अर्काेतिर यस्ता केहीलाई कारबाही गरे जस्तो गरी यसका मुख्य दोषीलाई उम्काने चालबाजी यो हो कि ? यदि यो नै भए कांग्रेस–एमाले अनि सरकार सबै जनताको नजरमा अपराधी नै ठहरिने छन् । अपराध गर्नुभन्दा अपराधीलाई उक्साउने र त्यस्तै अपराध ढाकछोप गर्न लगाउने सबै नै दोषी ठहरिन्छन् ।
    नत्र भने यो घटनामा ज्ञानेन्द्र र नवराजलाई तत्काल गिरफ्तार गरी कारबाहीका लागि जस्तो काम काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेका छन् । ज्ञानेन्द्रको नाममा पूर्जी नै काटी क्षतिपूर्ति रकम असुल्ने हिम्मत उनले देखाएका छन् । यसको बारेमा केही पुराना पञ्चे–मण्डले र दरबारियाहरुले आपत्ति गरे पनि दुनियाँले बालेनलाई धन्यवाद दिइरहेका छन् । सामन्य एउटा नगर प्रमुखले यत्रो हिम्मत गर्न सक्छन् भने यो राष्ट्रको सिंगो राज्य सत्ता परिचालन गर्दै आएका प्रम ओली आजसम्म किन चुप लागी ज्ञानेन्द्र र नवराजलाई केही नगरी बसिरहेका छन् ? बाहिर देखिदा र भन्दा सिंह जस्तै तर भित्र काम र व्यवहारमा स्याल जस्तै ज्ञानेन्द्र र नवराजको डरले थुरथुर कामी बस्ने चाल प्रम ओली र देउवा सबैको देखिंदैछ । 


    यतिसम्मकि यसमा माओवादी प्रचण्डको समेत यस्तै चाल देखिदैछ । चैत १५ को दरबारिया ‘कु’लाई विफल पारेको भन्ने तर यसबाट विस्तारै तर्किन थाले जस्तो देखिदैछ । भनिन्छ संग्लोभन्दा घाइते बाघ झन् बढी खतरनाक हुन्छ । ख्याल गरौं– पहिलेको ज्ञानेन्द्र– नवराज– दुर्गा– मिश्र –समशेर अनि पञ्चे–मण्डले र दरबारिया भन्दा अहिलेका यी सबै घायल झन बढी खतरनाक हुन सक्छन् । कुनै कारण फेरि यी सबै जागे भने यी सबैको पहिलो आक्रमण, झम्टाई र निशाना ओली– देउवा र प्रचण्ड–माधवहरुमाथि नै हुनेछ । अहिले यी सबै प्रतिगामीहरुलाई घायल पार्ने काम यी तिनै नेताहरु ओली–देउवा र प्रचण्डहरुबाट नै भएको छ । अब फेरि पनि यिनीहरुमाथि दया माया गरी औंलो दिम्दा अब डुडुल्लो मात्रै होइन सिंगै टाउको शरीर नै निलिदिनेमा यही कोही पनि पर्ने छैनन् । फेरि पनि सचेत र सावधान बनौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij